पर्यटन प्रवद्र्धन गर्न गाउँ चिनारी म्युजिक भिडियो निर्माण

पोखरा, १० पुस/ कास्कीको मादी गाउँपालिकामा अवस्थित खिलाङ गाउँको पर्यटन प्रवद्र्धन तथा गाउँको प्रचार प्रसार गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरिएको छ । बुधवार बिमोचन गरिएको उक्त म्युजिकमा भिडियो गाउँ र आसपासको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको वर्णन गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले गीत सहितको म्युजिक भिडियोको निर्माण गरेको कुरा निर्देशक नौ जङ गुरुङले बताएका छन् । गाउँको रीतिथीति, अन्नपुर्ण हिमालको मनमोहक दृश्य , सलल बग्ने मादी र स्थानिय सांस्कृतिक सम्प्दालाई सक्दो समेटेको कुरा बताए ।

त्यसै गरी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले उक्त म्युजिक भिडियोको विमोचन गर्दै स्थानिय गाउँहरुलाई यसप्रकारको म्युजिक भिडियोले राष्ट्रिय र अन्तर्रा्ष्टिय रुपमा चिनाउन धेरै मद्दत पुग्ने बताए ।

हिमाल झलल मादी सलल बोलको उक्त गीतमा शब्द संगीत कृष्णकुमार गुरुङको रहेको छ भने रजनी रिदम राईको आवाज रहेको छ । गीतमा सृजना गुरुङको अभियन तथा गोरे गुरुङले नृत्य निर्देशकको भूमिका निर्वाह गरेको छ यस्तै छायाँङकन, सम्पादन तथा ड्रोन सन्तोष कोन्मे तमूको रहेको छ भने श्रृङगारमा रेनु गुरुङ र सह–छायाँङकनमा टेकमान गुरुङ रहेका छन् ।

बुधवार भएको बिमोचन कार्यक्रममा कार्यक्रममा खिलाङ आमा समुहको तर्फबाट सामुहिक ठेटर नृत्य समेत प्रस्तुत गरिएको थियो । खिलाङ तमू समाज पोखराका अध्यक्ष क्या। गणेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव पूर्णबहादुर गुरुङ र सिन्कुह्रो चेलीबेटी समुहकी संयोजक कौशिला गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कलाकार प्राविधिकहरुलाई समाजको तर्फबाट सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...