इशानीले चुमिन् चायल्ड आइकन पोखराको उपाधि

पोखरा, १२ माघ/मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि इशानी बराइली जितेकी छन् । शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिष्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले उपाधि चुमेकी हुन् । प्रतियोगीतामा जुनिएर तर्फ फस्ट रनर्सअप मदर ल्याण्डमा अध्ययनरत प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु निकेतन विद्यालयमा अध्ययनरत लावन्य लम्साल बन्न सफल भए ।

यसैगरी सिनियर तर्फ फस्ट रनर्सअप कुम्दीनी होम्समा अध्ययनरत मानुशी भण्डारी र सेकेन्ड रर्नसअप शिशु निकेतनमा अध्ययनरत आकांक्षा आचार्य घोषित भए । कार्यक्रममा फाइनलमा पोखराका १५ विद्यालयबाट ३४ जना छात्रा र १६ जना छात्र गरी कुल ५० जना बालबालिकाले प्रतिष्पर्धा गरेको आयोजक मिडिया ल्याण्डको एम.डि. प्रतिमा श्रेष्ठले जनाइन् ।पोखरा सभागृह हलमा हुने फाइनल प्रतियोगीतामा जुनीयर तथा सिनियर गरी दुई समुहमा विभाजन गरी प्रतिष्पर्धा गराइएको हो । आइकन भने दुवै सुमुहबाट एकमुष्ट छानिएको हो ।

उनीहरु सबै पोखरामा भएको अडिसन मार्फत छानिएका थिए । छानिएका प्रतिभालाई व्यक्त्तित्व विकास, सामाजिक चेतना, पारिवारिक चेतना लगायतका तालिम मार्फत निखारिता थपेर अन्तिम प्रतिष्पर्धामा उतारिएको हो । प्रतियोगीताको निर्णायकमा गायक रामभक्त जोजीजु, गायिका इतु जोजीजु, रजनी ऋदम राई, मोडल विशाल गुरुङ, मिस तामाङ २०१७ कविता तामाङ, खेलाडी जमुना थापा, रमेश पाण्डे, तारा गुरुङ आदी निर्णायक रहेका थिए । कार्यक्रमको थप आर्कषणमा प्रतियोगी बालबालिकाका आमाहरुको ¥याम्पवाक रहेको थियो । विजेता तथा उपविजताले अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउने श्रेष्ठले जनाइन् । टर्की, बुल्गेरिया, ब्राजिल, साउथ अफ्रिका लगायतका देशमा प्रतिष्पर्धा गर्न उनीहरुले पाउनेछन् ।

यसअघि बुल्गेरियामा भएको कार्यक्रममा रोजा पाण्डेले उपाधि जितिन् । विशेषता बुढाथोकीले टर्की र बुल्गेरीया, अनिषा थापाले बुल्गेरीया, मेघिका काप्रीले टर्की, प्रयाग काफ्ले र दिव्यश्वरी भट्टराईले बुल्गेरीयामा सहभागी भई सवटाइटल जितिसकेका छन् । मिडिया ल्याण्डले सन् २०१० बाट काठमाण्डौमा चायल्ड आइकन गर्न सुरु गरेको थियो । सन् २०१२ जुनियर र सिनियर प्रतिभा एउटै मञ्चबाट छान्न थालियो । सन् २०१६ बाट यसलाई छुट्टाछुट्टै रुपमा आयोजना गर्न थालिएको छ । हालसम्म झण्डै पच्चिस सय बाबुनानीलाई अडिसन मार्फत सामेल गराइसकेको यो संस्था मोफसलमा भने पहिलोपटक चायल्ड आइकन पोखरा सिजन वान मार्फत दूई वर्ष अगाडी पोखरामा आएको थियो ।

कमेन्टहरु
Loading...