इमेज लोक कलाकारको अडिसन शुक्रबारदेखि पोखरामा सुरु

पोखरा, २४ भदौ/इमेज च्यानलको आयोजनामा ‘कोलगेट इमेज लोक कलाकार’ नामक प्रत्यक्ष लोक गीत गायन प्रतियोगिताको पोखरा अडिसन शुक्रबारदेखि सुरु भएको छ । गाउँ गाउँमा लुकेर रहेका प्रतिभा खोजीका लागि आयोजित प्रतियोगिताको अडिसन शनिबारसम्म पोखराको घारीपाटनस्थित होटल जलमहलमा जारी रहने कार्यकारी निर्माता अनुपा श्रेष्ठले जनाइन् ।

अडिसनका लागि पश्चिमान्चलका विभिन्न जिल्लाका दिन एक सय वढी प्रतियोगीहरुले पहिलो दिनको अडिसनमा सहभागिता जनाएका छन् । १५ उत्कृष्ट प्रतियोगीलाई दास्रो चरणका लागि छनोट गरिएको छ । अडिसनमा राष्टिय लोक दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायिका शान्ति गुरुङ र तेजेन्द्र गुरुङ निर्णायक निर्णायक मन्डलको रुपमा रहनु भएको छ ।

पहिलो दिनको अडिसनबाट उत्कृष्ट प्रतीयोगी छनोट भईरहेका छन । प्रतियोगीतामा प्रथम हुनेलाई नगद १ लाख रुपैयाँसहित सांगीतिक एल्बम र भिडियो निकाल्ने अवसर प्रदान दिईने छ भन्ने इमेज टेलिभिजनको उकाली–ओरालीमा कार्यक्रम प्रस्तोताको अवसरसमेत छन । अडिसन पोखरापछि धरान र काठमाडौँमा हुने छ । नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक इमेज टेलिभिजनले विशुद्ध नेपाली लोकगीत गायनको वृहत प्रतिष्पर्धा गरेको हो ।

कमेन्टहरु
Loading...