श्रावण ११ गते ‘चि मुसी चि’

साउन १, पोखरा/नयाँ नेपाली फिल्म ‘चि मुसी चि’ आगामी श्रावण ११ गतेदेखी देशब्यापी रुपमा सार्वजनिक हुदैछ । रिलीज मिति नजिकिदै गर्दा निर्माण समुहले प्रचार–प्रसार लाई ब्यापक बनाइरहेको छ । प्रचारकै लागी पोखरा आइपुगेको निर्माण समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फिल्म बारे जानकारी गरायो ।फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको शिर्षक कमेडी जस्तो लागेपनी फिल्म म्युजिकल ड्रामा जानरामा बनेको बताए । ‘चि मुसी चि बालापनको खेल जस्तै हो, तर फिल्ममा पात्रहरु बिचको जालझेलको खेल छ’ निर्देशकले भने – ‘फिल्मलाई लिएर निकै आशावादी छौ ।’ फिल्म शकुन्तला र कामचोर पछी निर्देशक श्रेष्ठको यो तेस्रो निर्देशकिय सिनेमा हो ।

फिल्मका अभिनेता मध्येका एक सुशान्त कार्कीले आफुले केही समयको अन्तराल पछी राम्रो स्कृप्टमा काम गरेको जिकीर गरे ।प्रचार–प्रसारकै लागी फिल्म युनिटले देशब्यापी सांगेतिक टुर पनि गरीरहेको छ । जसको लागी फिल्मका कलाकार संगै नेपाल आइडल बाट परीचित गायिका सुजता पाण्डे पनि साथमै छिन । मंगलबार पनि फिल्मका कलाकारले छोरेपाटन र सभागृहमा कन्सर्ट सम्पन्न गरे ।फिल्ममा शुसान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन । शिवराज कार्की, अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङले फिल्ममा लगानी गरेका हुन ।

कमेन्टहरु
Loading...