वहु प्रतिक्षित दरौ सिरुबारी सार्बजनिक

पोखरा, २९ असार/तीन बर्षको लामो समयको अन्तराल पछी चर्चित लोक गायक राजु परियारको बहु प्रतिक्षित म्युजिक भिडियो दरै सिरुबारी युटुबमा सार्बजनिक भएको छ । म्यूजिक भिडियोलाई श्याम शुक्ला फिल्म प्रोडक्सनको आधिकारिक युटुब च्यानल श्याम शुक्ला इन्टरटेनमेन्टले आज विहान सात वजेवाट बजारमा ल्याएको हो ।

वरिष्ठ सस्कृतिकर्मी एबम कलाकार तथा गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङको प्रस्तुतीमा लाली गुराँस ड्रेस तथा कल्चर सेन्टरले निर्माण गरेको सुपरहिट लोक गित दरौ सिरुबारिले दुइओटा राष्ट्रिय पुरस्कार समेत पाइसकेको छ । पुरस्कारहरुमा सर्बोकृस्ट लोकगित, म्युजिक खबर अवार्ड २०७२ र चौथो बायो अवार्ड २०७३ रहेका छन् ।

पर्यटकीय ठाउँ तथा नेपालको पहिले होमस्टे गाउँ दरौ सिरुबारिको विभिन्न स्थलहरुलाइ समेटेर निर्माण गरिएको भिडियोलाइ चर्चित निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन । तारा बहादुर गुरुङ , मोनिका दाहाल र तेज गिरिको अभिनय गरेको म्युजिक भिडियो लाई प्रकाश गुरुङ काश ले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन ।

आफ्नो जन्म गाउँको प्रचार प्रसार गर्न पाएकोमा कलाकार एबम सस्कृतिकर्मी तारा बहादुर गुरुङ अति खुशी भएको ब्यक्त गरे । उनले भने–“हामी कर्मका हिसावले जहा रहेपनि आफ्नो जन्मस्थल विर्षनुहुदैन त्यसैले मैले मेरो गाउँको वारेमा सानो लगानी गरेको हु, यो आउने पुस्ताको लागि पनि राम्रो उधाहरण वन्ने छ ।” चर्चित गित दरौ सिरुबारी को शब्द स्वयम् राजु परियारको रहेको छ भने संगीत जय कुमार परियारले दिएका छन । लक्ष्मी गुरुङ निर्माता रहेकी छन् ।

कमेन्टहरु
Loading...