नेपाली सेना सम्बन्धि ‘फिल्म’बनाउँदै आदित्य बुढाथोकी

पोखरा, २४ वैशाख/अभिनेताआदित्य बुढाथोकीले आफ्नै निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएका छन् । ‘नेपथ्य’ पछि फिल्ममा नदेखिएका आदित्यले यो बीचमाआफुलाई निर्देशकको रुपमा स्थापितगर्न तयारी गरिरहेकाथिए ।

यो बीचमा उनले थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । ‘अबफिल्मको निर्देशनगर्न सक्छु भन्नेमा ढुक्क छु । र, अहिले सम्मको मेरो अनुभवले पनिमलाई फिल्म निर्देशन गर्न उत्प्रेरणा दिईरहेको छ ।’ आदित्यले भने–‘त्यसैले मैले अबआफुलाई अभिनेतासँगै निर्देशकको रुपमापनि प्रस्तुतगर्न लागेको हुँ ।’चकलेटी अनुहारकाआदित्यले यसअगाडि नेपथ्यसँगै, तिमी मेरो म तिम्रो, जीवनको गोरेटो, हे युवा लगाएतका फिल्महरुमा मूख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् ।

सानैदेखि अभिनयगर्ने आदित्यले २०५९ सालमा राष्ट्रिय नाचघरमा औपचारिक रुपमा अभिनयको कक्षा लिएका थिए । फिल्ममाआउनभन्दा अगाडि नै उनी टेलिफिल्महरुबाट चर्चामा आएका थिए । सबिन बाँस्तोलाको निर्देशनमा तत्कालिन समयमा आउने टेलिसिरियल ‘थोरै भएपुगिसरी’बाट उनीनिकै चर्चित बने ।

शम्भु प्रधानको ‘तिमी पुरुष’, विष्णु शर्माको ‘क्याम्पस’ र लय संग्रौलाको ‘एक रात’ जस्ता तत्कालिन समयको लोक प्रीय टेलिसिरियलहरुमा आदित्यले मुख्य भूमिकामा अभिनयगरिसकेका छन् । उनले अभिनयसँगै विभिन्न सर्ट फिल्महरु पनिबनाउँदै आएका छन् । यो बीचमाअभिनय र निर्देशनको माध्यमबाट उनले विभिन्न अवार्डहरु समेत प्राप्त गरेका छन् ।

निर्देशनमा आएपनि आफूले अभिनयलाई पनि सँगसँगै अगाडि बढाउने सोँचमा रहेको आदित्य बताउँछन् । कस्तो हुन्छ त आदित्यले निर्देशनगर्ने फिल्म? भन्ने बारे उनले भने, ‘राष्ट्रियतासम्बन्धि एउटा कथामा लामो समयदेखि म लगाएत मेरो टिमले फिल्म सम्बन्धि तयारी गरिरहेको छ । राष्ट्रियता सम्बन्धि फिल्मनि कै कम बनेका छन् र त्यस्ता फिल्म बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ नेपाल आर्मी सम्बन्धि फिल्म बन्ने उनले खुलाए । हालप्रि प्रोडक्शनको काम चलिरहेको फिल्मको बारेमा केहि दिनमा नै आफूले सार्वजनिक गर्ने आदित्यले बताए ।

कमेन्टहरु
Loading...