पोखरामा ‘अनमोल ईभ’ आयोजना

पोखरा, २५ साउन / पोखरामा भाद्र १६ गते ‘अनमोल ईभ — २०१८’ को आयोजना हुने भएको छ । मोनिका ईन्टरनेशनल र स्पेक्स १४ को आयोजनामा पोखराको अमरसिहं चौरमा नायक अनमोल केसी मुख्य आर्कषणको रुपमा रहने विहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाईएको छ ।

पोखराको पर्यटन पर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ईभमा अनमोल सहित प्रियंका कार्की, भिटेन, डिजे ससपोईजन, डिजे बिरेन तथा ड्रिमर्ज ब्यान्ड लगायत स्थानिय प्रतिभाको प्रस्तुती रहेने ईभका संयोजक कमल जिसीले बताए । दिउसों २ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश गर्न ३ हजार, १ हजार र ५ सय सहित न्युनतम २ सय सम्मको टिकट खरिदको व्यस्था गरेको उनले जानकारी दिए ।

कार्यक्रमबाट आम्दानी भएको रकमको लागत कटाएर नेत्रहिन महिला सघं नेपाललाई सहयोग गर्ने लक्ष्य रहेको जिसीले बताए । कार्यक्रम पोखरा सहित बुटवल, चितवन, झापा र काठमाडौंमा पनि आयोजना गरिने उनको भनाई थियो । अनमोल ईभ — २०१८ पोखराका व्यावस्थापक एवम स्पेक्स १४ का प्रमुख महेश्वर भण्डारीले कार्यक्रम सफल पार्न कलेज क्याम्पेन, पोखरा आशपास क्षेत्रका नगरपालिका गाउँपालिकामा सडक नाटक गरिने बताए ।

नेत्रहिन महिला संघ नेपालकी उपाध्यक्ष सरस्वती आचार्यले आफनो संस्थालाई सहयोग गर्ने हेतुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको खबरले आफुमा हर्ष आएको बताईन । हाम्रो संस्थामा आर्थिक अभाव छ । यस्तै विभिन्न संस्थाहरुले सहयोग गरेरनै हामी चलिरहेका छौ । नेत्रहिन महिलाहरुलाई पुर्नस्थापित गर्न उनिहरुलाई सहज जिवनयापन गर्ने वातावरण मिलाउने हेतुले संस्थाको स्थापना गरिएको उनले भनिन् ।

करिब १ करोड ६ लाखको खर्च गरि आयोजना गरिने ईभलाई सफल पार्न नेपाल हयुमन राईट्स फाउनडेसनले समन्वय गरेको छ ।

कमेन्टहरु
Loading...