पर्यटन उद्यमशिलताका लागि प्रशंसनीय नेतृत्व तालिम

पोखरा, २४ असार /पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सोमबार पोखरामा पर्यटन उद्यमशिलताका लागि प्रशंसनीय नेतृत्व तालिम आयोजना गरेको छ ।

पोखरामा रहेर पर्यटन व्यवसायमा आवद्ध महिलाको नेतृत्व क्षमता बढाउन तालिम आयोजना गरेको टेवानले जनाएको छ ।

तालिममा पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले तालिमले सफल उद्यमी बनाउन सहयोग पुग्ने बताए ।

बोर्डले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा १४ सयलाई पर्यटनसम्बन्धि तालिम दिने लक्ष्य हासिल गरेको उनले जनाए ।

नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नी कँडेलले पर्यटन व्यवसायमा आवश्यक गुणस्तरीयता र आतिथ्यताका लागि तालिम प्रभावकारी हुने उल्लेख गरे । टेवानका सल्लाहकार टीकाराम सापकोटाले पर्यटनका नयाँ आयाम र अभ्यासलाई आत्मसात गर्दै अघि बढ्न आग्रह गरे ।

प्रशिक्षक श्रीकान्त खतिवडाले प्रशंसनीय नेतृत्व, सकारात्मक सोच लगायत विषयमा तालिम दिए । टेवानकी कार्यवाहक अध्यक्ष रेनु थापामगरले व्यावसायिक महिलाको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरेको बताइन् ।

सचिव शोभा न्यौपाने पाण्डेले तालिमबाट पर्यटन व्यवसायमा गुणात्मक विकास हुने आशा गरिन् । तालिम संयोजक शोभा अधिकारी पौडेलले पोखरा र बेगनासतालका ७० पर्यटन व्यवसायी महिला सहभागी भएको बताइन् ।

कमेन्टहरु
Loading...