डलर अहिलेसम्मै महँगो

पोखरा, ६ फागुन /अमेरिकी डलरसँग नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९ दशमलव७७ पैसा तोकेको छ । आजको कारोबार दैनिकमा समाचार छ।
अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९ दशमलव ४८ रुपैयाँ पुगेको छ ।

बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाणिज्य बैंकहरुले विदेशी मुद्रा कारोबार गर्ने दर आफैँ तोक्न सक्ने व्यवस्था छ ।

नेपाली रुपैयाँ डलरसँग कमजोर भएको कारण नेपाली अर्थतन्त्र भने होइन । भारतीय रुपैयाँसँग नेपाली रुपैयाको स्थिर विनिमयदर रहेकाले भारु कै आधारमा डलरको भाउ तोक्ने गरिन्छ ।

कमेन्टहरु
Loading...