बसको पछि ट्याक्सीको भाडा बढ्यो, एक किलोमिटरमा कति ?

काठमाण्डौं, ९ असोज/सरकारले बस सगँ ट्याक्सीको पनि असोज ७ आइतबारदेखि लागु हुने गरी ट्याक्सी

भाडामा वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले

ट्याक्सी भाडा बढाउने निर्णय गरेको हो ।

विभागले हालको भाडामा १० प्रतिशत बढाएर भाडादर सार्वजनिक गरेको छ । प्रतिकिलोमिटर यात्रामा लाग्ने

३५ रुपैयाँ भाडालाई बढाएर ३९ रुपैयाँ र्पुयाएको छ । भाडा वृद्धि भएसँगै ट्याक्सी चढ्ने यात्रुले अब एक

किलोमिटर यात्रामा ५३ रुपैयाँ तिनुपर्ने भएको छ ।

ट्याक्सी चढ्दा मिटरमा सुरुमै १४ रुपैयाँ देखाएको हुन्छ । यसलाई ‘फ्ल्याक डाउन’ रकम भनिन्छ । यही

रकममा प्रति २ सय मिटर ७ रुपैयाँ ८० पैसा थप हुँदै जान्छ । यसअघि प्रति २ सय मिटर ७ रुपैयाँ मात्रै थियो ।

यसैगरी राति ट्याक्सी चढ्दा भने प्रतिकिलोमिटर ५८ रुपैयाँ ५० पैसा लाग्ने भएको छ । यसअघि ५२ रुपैयाँ ५०

पैसा मात्रै थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा ५ किलोमिटरसम्म साविकको

४ सय ८१ रुपैयाँबाट बढाएर ५ सय २९ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । ५ किलोमिटरपछि प्रति किलोमिटर

माथिका रुटहरुमा ६८ रुपैयाँका दरले लिन पाउनेमा १० प्रतिशतले बढाई ७४ रुपैयाँ ८० पैसा बनाएको छ ।

अधिकतम दुरीमा साविकको १ हजार ५२ रुपैयाँमा १० प्रतिशत बढाई १ हजार १ सय ५७ रुपैयाँ २० पैसा कायम

गरिएको विभागले स्पष्ट पारेको छ ।

कमेन्टहरु
Loading...