शुक्ला गण्डकीको महायज्ञमा एकै दिन ७७ लाख संकलन

पोखरा, १७ वैशाख /प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणको लागि शुक्ला गण्डकी माविमा चलिरहेको धनधान्याञ्चल महायज्ञमा सोमबार एकै दिनमा नगद तथा भूमी गरि ७७ लाख ७ हजार १ सय ८० रुपैया संकलन भएको छ । वैशाख ११ देखी संचालन भईरहेको महायज्ञ मंगलवार सकिदै छ ।

यज्ञमा ५५ लाख १३ हजार १ सय ३६ रुपैयाँ नगद संकलन भएको छ भने २१ लाख ९४ हजार ४४ रुपैयाँ वरावरको भूमी दान भएको छ । महायज्ञमा हालसम्म १ करोड ३१ लाख ९४ हजार ९४ रुपैयाँ नगद तथा २१ लाख ९४ हजार ४४ रुपैयाँ वरावरको भूमी दान भएको मूल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । गाउँपालिकाको केन्द्रमा रहेको विद्यालयमाा कक्षा ९ देखी १२ सम्म प्राविधिक विषयमा कक्षा संचालन गर्ने सोच आयोजकको छ ।

सार्वजनिक विदाको दिन तथा यज्ञको अन्तिम समय हुन लागेकोले पनि दानविरहरु यज्ञमा दानको लागि उपस्थित भए ।
घाचोकका पूर्णकली,लक्षिमा तथा गौरी पोखरेलको परिवारवाट भूमी तथा नगद गरि १३ लाख ६८ हजार ३ सय ३३ रुपैयाँ वरावरको दान भएको छ । स्थानीय रेवतीरमण पोखरेलले ५ लाख वरावरको भूमी तथा ५१ हजार ५ रुपैयाँ नगद दान गरे । त्यस्तै घाचोककै ईन्द्रवहादुर गुरुङले पनि यसअघि दिएको दान रकममा २ लाख ६६ हजार ५ सय थप गरेर ४ लाख ६६ हजार ६ सय ११ पु¥याए । महादेव तथा सीता पोखरेलको परिवारवाट ४ लाख १ सय ११ वरावरको भुमी तथा नगद दान भएको छ ।

यज्ञमा यदुनाथ पोखरेलको परिवारवाट ३ लाख १ हजार १ सय ५१, लक्ष्मीरमण पोखरेलवाट २ लाख ५५ हजार ५ सय ५५, माछापुच्छ«े १ पाटनथरका ओम गुरुङवाट १ लाख ७८ हाजर २ सय ५, संरक्षण क्षेत्र वन व्यवस्थापन समिति ३,४,५ र ६ वाट १ लाख ५० हजार, स्थानेश्वर लम्सालवाट १ लाख २३ हजार ४ सय ५६, परमानन्द लम्साल, चन्द्रावती लम्साल तथा चक्रपाणी लम्सालको परिवारवाट जनही १ लाख ११ हजार १ सय ११, पूर्णवहादुर गुरुङवाट १ लाख ५ हजार १ सय १५, पोखरा वगर निवासी ठाकुरशोभा महेन्द्र गुरुङवाट १ लाख १ हजार १ सय ११ तथा माछापुच्छे« १ का लालकाजी गुरुङले १ लाख १ हजार यज्ञमा दान गरेका छन् ।

सोमवार युवा तथा खेलकुद मन्त्री जगतवहादुर विक तथा प्रदेश सांसद रामजीप्रसाद बरालले पनि यज्ञमा सहभागिता जनाए । सांसदद्धयले प्राविधिक शिक्षा देशको आवश्कता भएको र विद्यालयले थालेको अभियानमा आफुहरुको तर्फवाट पनि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...