मजदुर दिवसमा शिव शिखर सहकारीको सहयोग मजदुरलाई

पोखरा, १९ वैशाख / पोखराको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले मजदूर दिवसवको अवसरमा पारेर शनिबार पोखराका वडा नम्बर ४ र ५ का विपन्न मजदुर परिवारलाई राहत बितरण गरेको छ ।

पोखरा महाननगरपालिकासँगको समन्वयमा सहकारीले सो क्षेत्रमा रहेका ३ सय विपन्न परिवारलाई आफ्नै उत्पादन उपकार ब्राण्डका खाद्य सामग्री सहयोग गरेको सहकारीका मुख्य सहायक प्रबन्ध निर्देशक सुशील बानियाले जानकारी दिए ।

उनका अनुसार सहकारीले प्रत्येक परिवारलाई उपकार ब्राण्डको ५ किलोग्राम जिरा मसिनो चामल,एक लिटर सनफ्लावर तेल, एक किलोग्राम दाल र एक किलोग्राम गरि २ लाख बराबरको राहत बितरण गरिएको हो ।

लकडाउनले मजदुरहरुको रोजगार खोसिएको अवस्थालाई ध्यानमा राख्दै सहकारीको कार्यालय भएको वडा नम्बर ५ र छिमेकी वडा ४ नम्बरमा त्यहाँ जनप्रतिनिधिहरुको उपस्थिति तथा प्रहरीको सहयोगमा राहत बितरण गरिएको उनले जनाए ।

कमेन्टहरु
Loading...