शिव शिखरका उत्पादनका सामग्रीमा ४ प्रतिशत छुट

पोखरा, २९ चैत / पोखराको पस्र्याङमा शाखा कार्यालय रहेको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले लकडउानका बेला पनि आफ्ना सदस्यहरुलाई बैंकिङ सेवा दिइरहेको छ ।

लकडाउनका कारण बैंकिङ क्षेत्र नै अस्तव्यस्त भएपछि शिवशिखर सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कार्यालयबाट बिहान ११ बजेदेखि २ बजेसम्म आवश्यक सेवा दिइरहेको सहकारीका प्रबन्धक सुशील बानियाँले जानकारी दिए ।

सहकारीका सेयर सदस्यहरुले आफूले जम्मा गरेको रकम सो समयमा लिन सकिने उनले बताए । यसैगरि सहकारीले दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरुमा ४ प्रतिशत छुटसहित बिक्रीबितरण गरिरहेको पनि गरिरहेको छ ।

सहकारीले दाल, चामल, तेललगायतका कृषि सामग्रीहरुको उप्पादन र प्रशोधनसहित बिक्री बितरण गर्छ । देशका विभिन्न ठाउँमा रहेका फार्महरुबाट ती खाद्यान्नहरु उत्पादन गरिएको उनले जानकारी दिए ।

बानियाँका अनुसार उपकार ब्राण्डका नाममा ती खाद्यान्नहरु बिक्री गरिन्छ । सहकारीद्धारा उप्पादित सामानहरु किन्दा सामाजिक दूरी कायम गर्दै, सुरक्षाका सबै प्रबन्धसमेत मिलाइएको उनले जनाए ।

यसैगरि सहकारीले विभिन्न कृषिसँग सम्बन्धि औजारहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । यही उपक्रममा सहकारीले पोखरा महानगरपालिकालाई सडकमा विषादी छर्न प्रयोग हुने करिब १ लाख मूल्य बराबरका १० वटा स्प्रे ट्याङ्की समेत प्रदान गरेको छ ।

सहकारीसँग स्टकमा रहेका १० वटै स्प्रे ट्याङ्की प्रदान गरिएको बानियाँले जनाए । सहकारीले यसका अलावा विभिन्न सामाजिक काम पनि गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...