सयपत्री सहकारीद्वारा प्रशिक्षण

पोखरा, २० पुस । पोखरा–११ रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी सस्थाले शनिवार आफ्ना सेयर सदस्यलाई प्रशिक्षण दिएको छ । सहकारीको एक दिवसिय प्रशिक्षण कार्यक्रममा ४ सय सेयर सदस्यको सहभागिता रहेको थियो । सहकारीका अध्यक्ष विजयनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा सहकारीका उपाध्यक्ष विश्वराज बास्तोलाले स्वागत मन्तब्य गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा पोखराकै नमूना सहकारी कसरी बनाउन सकिन्छ ? भन्ने जिज्ञासामा आधारित प्रशिक्षण दिईएको सहकारीका शिक्षा समितिका संयोजक एवं कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले बताएका थिए । ५ सय १० जना सेयर सदस्य रहेको उक्त सहकारी सस्थाको ५ करोड १३ लाख ५० हजार सेयर पुजी रहेको छ भने ११ करोड निक्षेप संकलनगरी १४ करोड ५१ लाख कर्जा प्रवाह गर्न सफल भएको सस्थाले जनाएको छ ।

सेतीवारीको नमुना सहकारी भएको बताउने सयपत्री सहकारीले आलुखेतीमा २ हजार नगद प्रदान, पोखरा सहरलाई प्लास्टिक मुक्त बनाउने भन्दै झोला वितरण, सेयर सदस्यलाई उज्यालो अभियान अन्र्तगत सोलर प्लान्ट वितरण जस्ता कार्य गर्दै आएको छ । सहकारी सस्थाका सचिव धर्मदत्त ढुङ्गानाद्वारा सञ्चालन भएको उक्त कार्यक्रममा सस्थाका गतिविधि धर्मप्रसाद बास्तोलाले बताएका थिए भने लखा सम्वन्धी भिमप्रसाद न्यौपानेले दिएका थिए । सस्थाका सल्लाहकार माधबप्रसाद बास्तोलाले सहकारीको योजना सेयर सदस्यको भएकोले सबैको सकृय सहभागिता हुन जरुरी भएको बताएका थिए ।

कमेन्टहरु
Loading...