पोखरामा सम्बृद्धी रियलस्टेट पोखरामा

पोखरा, १० चैत्र /सम्बृद्धी रियलस्टेटले पोखरामा शाखा कार्यालय सञ्चालन गरेर कारोबरा सुरु गरेको छ ।

पोखराको रत्नचोक नजिकैको शाखा कार्यालयको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्गले उदघाटन गरेका छन् । काठमाण्डौ, बनेपा, थानकोट, ईटहरी, बिर्तामोड, बुटबलमा शाखा बिस्तार गरिसकेको सम्बृद्धि रियलस्टेटले पोखरामा शाखा विस्तार गरेको हो ।

उदघाटन कार्यक्रममा आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले ब्यबशायलाई मर्यादित बनाउन आबस्यक रहेको बताए । रियलस्टेट ब्यबशायलाई करको दायरमा ल्याएर थप जिम्मेबार बनाउने गरि काम गर्न कम्पनीलाई उनले आग्रह गरे ।

सरकारले जग्गाको बर्गिकरण गर्न सुरु गरेको र अब सोही अनुसार घरजग्गाको बिस्तार हुने उनको भनाई थियो ।

खेतियोग्य जमिन जोगाउन यो ब्यबशायमा लागेको ब्याक्तिहरु नै बढी जिम्मेबार हुन मन्त्रीले आग्रह गरेका थिए । सिमित फाईदाको लागि खेतियोग्य जमिन नमास्न उनले अनुरोध गरेका थिए ।

कमेन्टहरु
Loading...