कृषि एवम् पर्यटन महोत्सव फागुन २३ गतेदेखि २८ गतेसम्म टुडिखेलमा हुने

पोखरा, २० फागुन/फागुनको चौथो साता पोखरामा कृषि एवम् पर्यटन महोत्सव हुने भएको छ । साझा सहारा नेपाल (सास नेपाल) को आयोजनामा पोखराको पुरानो टुँडिखेलमा ‘प्रथम कास्की कृषि एवम् पर्यटन महोत्सव २०२०’ हुन लागेको हो । महोत्सव यहि फागुन २३ गतेदेखि २८ गतेसम्म हुने सोमबार आयोजक साझा सहारा नेपालले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

मौलिक कला, संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन गर्दै स्थानिय उत्पादन, सीप तथा क्षमताको उचित व्यवसायीकरण गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । साथै समाजिक उत्थान र विकासमासमेत टेवा पु¥याउन महोत्सवको उद्धेश्य रहेको साझा सहारा नेपालका अध्यक्ष भीमसेन नेपालीले बताए ।

महोत्सवमा कुल ७० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन र हस्तकलाका सामग्रीहरुको स्टल रहने अध्यक्ष नेपालीले बताए । उनका अनुसार महोत्सवमा खानाका स्टलहरुपनि रहनेछन् भने सांस्कृति कार्यक्रमसमेत हुनेछ ।

महोत्सवको अवसरमा उद्घोषण आइडल हुने भएको छ । उद्घोषण कलाको विकासका लागि आयोजित प्रतियोगितामा बिजेता बन्नेलाई नगद ५० हजार प्रदान गरिने मेला सह–संयोजक बाबुराम नेपालीले जानकारी दिए । त्यस्तै पञ्चेबाजाको विकासका लागि पञ्जेबाजा प्रतियोगितासमेत हुने उनले बताए । पञ्चे बाजा प्रतियोगिताको बिजेतालाई नगद ५० हजार, उपबिजेतालाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार प्रदान गरिने उनले जानकारी दिए ।

यसैगरी, महोत्सवको अवसरमा झाँकी प्रदर्शन गरिने भएको छ । महोत्सवको उद्घाटनको अवसरमा झाँकी प्रदर्शनी गरिने र सो प्रदर्शनीमा प्रथम हुनेलाई नगद २० हजारसहित पुरस्कृत गरिने उनले बताए ।

महोत्सवको अवसरमा ३ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने साझा सहारा नेपालले जनाएको छ । ‘बेसहाराका लागि सहारा’ नारासहित स्थापित साझा सहारा नेपालले कास्कीका ३ सय विद्यार्थीलाई १ वर्ष भरी पुग्ने कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गर्ने अध्यक्ष भीमसेन नेपालीले बताए । कास्कीका अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिकाका १०/१० वटा विद्यालयका ५/५ जना विद्यार्थी र पोखरा महानगरपालिकाका २० वटा विद्यालयका ५/५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न करीब ३० लाख खर्च लाग्ने अनुमान गरिएको साझा सहारा नेपालले जनाएको छ । महोत्सवबाट बचत भएको रकम सामाजिक कार्यमा लगाइने अध्यक्ष नेपालीले बताए । साझा सहारा नेपालले स्याङ्जामा अनाथ आश्रम बनाइरहेको उनले बताए ।

कमेन्टहरु
Loading...