रेवानको त्रि–दिवशिय तालिम सम्पन्न

पोखरा, ३१ जेठ/रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा त्रि–दिवशिय तालिम बुधबार सम्पन्न भएको छ । ‘व्यवसायिकता तर्फको बाटो’ नाम दिइएको उक्त तालिममा रेष्टुरेण्ट तथा आफ्नों व्यवसाय कसरि व्यवस्थित एवं सुदृढ पार्न सकिन्छ भन्ने बारेमा सिकाइएको थियो ।

उत्प्रेरक सुदिप पोखरेल प्रशिक्षक रहनुभएको तालिममा रेवान पोखरामा आवद्ध विभिन्न रेष्टुरेण्टका १६ जना व्यवस्थापकहरुको सहभागिता रहेको थियो । तालिमका सहभागि प्रशिक्षार्थीहरुलाई समापन समारोहका प्रमुख अतिथि रेवानका केन्द्रिय उपाध्यक्ष गोपीबहादुर भट्टराईले प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा भट्टराईले तालिममा सिकेको कुराहरु व्यवहारिक जिवनमा पनि लगाउन सके तालिम लिएको सार्थक हुने बताउनुभयो । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट बोल्दै तोयनाथ पौडेलले तालिममा सिकेका कुराहरु आफ्नों व्यवसायिक प्रतिष्ठान तथा समाजमा पनि बाँडन सके उपलब्धिमुलक हुने बताउनुभयो ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा भएको समापन समारोहमा उपाध्यक्ष लक्ष्मण बराल, सदस्य नरेश भट्टराई लगायतले रेवानले सञ्चालन गर्दै आएको विभिन्न तालिमहरुका बारेमा प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...