कोरोनाः पोखरा ट्रेड मलमा सटर भाडामा ५० प्रतिशत छुट

पोखरा, ८ चैत/ पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मलले कोरोनाको कारण अप्ठोरो अवस्था आएको भन्दै सटर भाडामा ५० प्रतिशत छुट प्रदान गरेकोछ ।

चैत महिनाको मासिक भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोरोना भाइरसबाट आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेको भन्दै मलले यस्तो निर्णय गरेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

‘थोरै भएपनि राहत होस भनेर प्रथम चरणमा चैत महिनाको भाडामा ५० प्रतिशत छुट प्रदान गरिएको हो,’ उनले भने । आवश्यक परेमा आगामी महिना पनि छुटलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदरमा कम्तीमा पनि ५० प्रतिशत छुट प्रदान गर्न मलले आग्रह गरेको छ । मलको प्रवेशद्वारमा कोरोना भाइरसको हेल्प डेस्क स्थापना गरिएको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए ।

ग्राहक, व्यवसायी तथा अन्य सबैलाई सेनिटाइजर प्रयोग गर्न लगाइ स्वच्छ भइ मल भित्र प्रवेश गर्ने वातावरण मिलाइएको सञ्चालक सन्तोषकुमार घिमिरेले जानकारी दिए ।

मल भित्र सम्पूर्ण स्थानमा सरसफाईको बिशेष प्रबन्ध गरिएको उनले बताए । मल भित्र रहेका रेष्ट रुमहरुमा प्रत्येक घण्टा बिशेष सरसफाई हुने गरेको छ साथै बिभिन्न प्राकृतिक रसायनहरु द्धारा मलका बिभिन्न स्थानमा स्प्रे गरि निर्मलिकरण समेत गर्ने गरेको उनको भनाई हो ।

कमेन्टहरु
Loading...