पोखरामा पर्यटन व्यवसायीलाई घर तथा जग्गा भाडामा आधा छुटदिन अनुरोध

पोखरा, ७ असार / कोभिड–१९ महामारीका कारण सङकटमा परेका पोखरा क्षेत्रका पर्यटन व्यवसायीलाई घर भाडा, जग्गा भाडामा आधा छुट दिन पोखरा पर्यटन परिषद्ले अनुरोध गरेको छ ।

पोखरा पर्यटन परिषद्ले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको भन्दै भाडामा ५० प्रतिशत सहुलिएत दिन अनुरोध गरेका छन् ।

परिषद्का महासचिब डिल्ली प्रसाद गौतमले जारी गरेको विज्ञप्तीमा लकडाउन अवधि भरको घर तथा जग्गा भाडा आपसी समझदारीमा समाधान गर्न र त्यस पछिको भाडामा ५० प्रतिशत छुट दिन अनुरोध गरेको हो ।

डब्लुएचओबाट महामारी नियन्त्रणको घोषणा नभएसम्म कोरोनाको असर नहटेसम्म कम्तीमा ५० प्रतिशत सहुलियत दिन अनुराधे गरेको छ । सहुलियत प्रदान गरी पोखराको व्यवसायी र समग्र पर्यटन क्षेत्र बचाऔ अभियानमा सहयोग गर्न अुनरोध छ ।

पोखरा पर्यटन परिषद्ले पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत ऋण, विद्युत्, खानेपानी र इन्टरनेट लगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ ।

पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले माग गरेको छ ।

यतिबेला निकै चलायमान हुने पोखराको लेकसाइड सुनसान छ । होटल, रेस्टुरेन्ट, ट्राभल्स, मनी एक्सचेन्ज, टे«किङ पसल र डिस्को सबै बन्द छन् ।

कमेन्टहरु
Loading...