विभिन्न सरकारी निकायका टोली द्धारा पोखरा लाइभ स्टक प्रा.लि.को अवलोकन

181

गिता राना मगर÷पोखरा ७ फागुन/वैदेशिक रोजगारबाट स्वदेश फर्कि स्वदेशमानै उद्यमशिलता गरेका ब्याक्तिहरुले सञ्चालन गरेको उद्यमशिलताको नेपाल सरकारका बिभिन्न निकायका टोलीहरुले अवलोकन गरेका छन । पोखरा आसपासमा सञ्चालन गरेका उद्यमीहरुको पेशाको उनीहरुले अवलोकन गरेका हुन ।

विभिन्न सरकारी निकायका टोली द्धारा पोखरा लाइभ स्टक प्रा.लि.को अवलोकन
विभिन्न सरकारी निकायका टोली द्धारा पोखरा लाइभ स्टक प्रा.लि.को अवलोकन

वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको समुह एसियन फोरमको संयोजनमा सम्पन्न उक्त अवलोकन भ्रमण कार्यक्रममा पोखरा क्षेत्रमा रहेका उद्यमशिल ब्याक्तिहरुले सञ्चालन गरेको विभिन्न पेशाको अवलोकन गर्ने क्रममा उक्त टोली नेपालमानै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभ स्टक प्रा.लि.को प्रत्यक्ष अवलोक गरेका हुन ।

नेपालकै एकमात्र अत्याधुनिक र ठूलो बंगुर फार्मको अवलोकन पश्चात श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणी भुर्तेलले वैदेशिक रोजगारको क्रममा सिकेको सिपलाई आफ्नै भुमिमा आएर पेशा गरी वेरोजगार युवाहरुलाई रोजगार प्रदान गरेकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पशु मन्त्रालयलाई यस्ता कृषकहरुलाई प्रोत्साहनमा जोड दिने वताए । कृषकहरुलाई सर्वसुलभ दरमा ऋण प्रदान गर्ने भनेतापनि हाल सम्म ब्यवहारमा आउन नसकेको वताउदै त्यस’boutमा समेत कृषि बिकास वैङलाई घच्घच्याउने समेत उनले वताए ।

त्यस्तै फर्मको अवलोकनमा पुगेका संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालयका शाखा अधिकृत विनोद गौतमले वैदेशिक रोजगारमा गएर सिकेको सिपले गर्दा नेपालमानै ठूलो फर्म सञ्चालन गर्न सफल भएको र यस्ता ब्यवशायलाई प्रवद्र्धन गर्दै नेपालमा कृषि पर्यटनको समेत विस्तार गर्नुपर्नेमा जोड दिए । पोखरामा विशेष गरी वैदेशिक रोजगारमा गएर फर्केका युवाहरुले नै बजारमा विभिन्न ब्यवशायहरु गर्न सफल भएको उनको भनाइ रहेको थियो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका योजना अधिकृत दुर्गा बन्जाडेले युवा उद्यमी छ्याम थापा जस्ता ब्याक्तिहरु पछिल्लो समय कृषि पेशामा आवद्ध भएर नेपालमा ब्यवशायीक कृषिलाई अगाडी वढाइरहेको वताउदै यस्ता कृषकको हकहितका लागी कृषि मन्त्रालयहरुले विभिन्न योजनाहरु ल्याउन जरुरी रहेको वताए ।

सो अवसरमा वोल्दै पोखरा लाइभ स्टक प्रा. लि.का सञ्चालक छ्याम थापाले आफुले कोरियामा रोजगारको सिलसिलामा सिकेको सिपलाई ब्यवशायमा ल्याइरहदा अझैपनि सरकारी तवरबाट केही सहयोग नभएको वताए । सरकारले विभिन्न सञ्चार माध्यामबाट सस्तो दरमा ऋण दिने भनेतापनि ब्यवहारमा नहुदा अफ्ठेरो परिरहेको छ यस’boutमा सरकारले सोचेको खण्डमा राहत हुने उनको भनाइ रहेको थियो । लेखनाथको रिटठेपानीमा रहेको थापाको फर्ममा झण्डै दुइ हजार बढी बङगुर रहेका छन ।

Get real time updates directly on you device, subscribe now.

Loading...