पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३ चैत / नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य सोमबार घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पछि भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरेको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ ।

पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ तोकेको छ । घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ । नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै पोखराबाट १५ किलोमिटर दुरीसम्म पेट्रोलको मुल्य १०५ रुपैयाँ ५० पैसा कायम गरेको छ भने डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

कमेन्टहरु
Loading...