पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, १६ असार / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मंगलबार राति १२ बजे लागू हुने गरि बढाएको छ ।

भारतबाट बढेको मूल्यसूची आएकाले मुल्य समायोजन गरेको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको निगमले जनाएको छ ।

काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।

पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १०० रुपैयाँ ५० पैसा पर्ने छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८६ रुपैयाँ ५० पैसा पर्ने छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ ।

कमेन्टहरु
Loading...