निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

काठमाडौं, ४ जेठ /नेपाल आयल निगमले शुक्रबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा प्रतिलिटरमा १ रूपैया घटाइएको आयोगका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल र मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य अनुसार समायोजन गरिएको हो ।

समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंज तर्फको सीमा मूल्यमा पेट्रोलमा १५.६७ र डिजेल १६.६४ प्रतिलिटर रूपैयाँले नेपालतर्फ कम छ ।

कमेन्टहरु
Loading...