पोखरा उद्योग वाणिज्य संघ ६० औ वर्ष प्रवेश

पोखरा, २५ माघ/पोखरा उद्योग वाणिज्य संघ ६० औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते तत्कालिन समयमा रहेका उद्योगी तथा व्यवसायीहरुको भेलाले स्वर्गिय अमृत प्रसाद शेरचनको नेतृत्वमा  स्थापना भएको थियो । व्यवसायिकहरुको हकहितको रक्षाको र पोखराको विकासको लागी तत्कालिन समयमा स्थापना गरिएको थियो । संघले स्थापनाकाल देखी नै शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा कार्य गर्दै आएको छ । पोखराको जेठो सामाजिक सस्थाको समेत हैसियत बनाएको संघले पहलमा पोखरामा पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय, महेन्द्रपुल तथा सभागृह निर्माण गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीबहादुर कोइरालाले बताए ।

संघले आफ्नो ६० औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगतपोखरा –१८ खाल्टेमसिनामा रहेको मसिनाप्रा.विलाई कम्प्युटर सहितको शैक्षिक सामग्री हस्तान्तरण गरेको  छ ।  कार्यक्रममा जिल्ला शिक्षाकार्यालय कास्कीका प्रमुख डिल्लीराम लुइटेँलले मसिना प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगनाथ तिमिल्सिना र प्रअगोविन्द बराललाई  शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख डिल्लीराम लुइटेलले सामुदायिक विद्यालयहरुले रचनात्मक कार्य गदैँ अघि बढ्न सुझाव दिए । उनले सामुदायिक विद्यालयप्रतिको गलतधारणालाई हटाउनु पर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीबहादुर कोइरालाले शिक्षाको विकासमा संघले अतुलनीयकार्य  गर्दै आएको बताए । संघका अध्यक्ष कोइरालाले गरिव तथा जेहनदार विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा सम्बन्धित पुस्तकहरु समेत उपलब्ध गराउने बताएका थिए ।

उनले गुणस्तरीय शिक्षा प्रदानगर्न विद्यालयलाई आग्रह गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगंनाथ तिमिल्सिनाले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकोमा कृतज्ञता व्यक्तगदैँ स्तरीय शिक्षाप्रदानगर्न सक्रियहुने बताए । हाल उक्त प्राविमा ८५ जनाविद्यार्थीहरु अध्ययनरत छन् । संघका कार्यसमिति सदस्य  ६० औै वार्षिकोत्सव समितिका संयोजक दिलिपराज श्रेष्ठले संघले प्रदान गरेको शैक्षिक सामग्रीको उचितप्रयोग गर्न आग्रह गरे ।

कमेन्टहरु
Loading...