एनआइसी एसियाका २ सय ४१ शाखा, कास्कीमा २ शाखा थपिए

पोखरा, १३ भदौ / एनआइसी एसिया बैंकले बुधबार कास्कीमा २ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गर्दै

कारोबार शुरु गरेको छ । पोखराका सभागृहचोक र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा शाखा शुभारम्भ गरेको हो

। शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरे । दुई शाखा थपिए सगै बैंकका २ सय ४१

शाखाहरु पुगेको बैंकका क्षेत्रीय प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए । उनले गण्डकी प्रदेशमा २५ वटा शाखा र

पोखरामा ६ वटा शाखाबाट सेवा दिदै आएको बताए । उनले छिटै नै पोखरामा क्षेत्रमा अझ ६ वटा शाखा थप गर्ने

लक्ष्य रहेको बताए ।

१८ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्न बैंक सफल रहेको सहायक प्रमुख कार्यकारी

अधिकृत तथा सूचना अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । ‘बैंकको वासलातको आधार १ खर्ब ८३ अर्ब

रुपैयाँ पुगेको छ,’ उनले भने, ‘निक्षेप १ खर्ब ५५ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँ छ ।’ १२ लाख

१९ हजार ग्राहकले बैंकबाट वित्तीय सेवा लिइरहेको पाण्डेले जानकारी दिए ।

शाखा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रबैंक पोखराका निर्देशक पोमनाथ गौतम, पोखरा उद्योग वाणिज्य संघका

उपाध्यक्ष गोकर्ण कार्की, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...