एनआइसी बैंकले ल्यायो ‘न्यू सुपर चमत्कारिक खाता’ योजना

पोखरा, २४ पुस / एनआइसी एशिया बैंकले ‘न्यू सुपर चमत्कारिक बचत खाताहरु’ योजना सार्वजनिक गरेको छ । बुधबार बैंकको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंक खाता ब्याजको लागि मात्र होइन, सुरक्षा एवं सुविधाको लागि पनि चाहिन्छ भन्ने उद्देश्य सहित बैंकले नयाँ योजना ल्याएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

यो योजना अन्तर्गत ३ बीमा सम्बन्धी फाइदा, २ कर्जा सम्बन्धी फाइदा र २५ अन्य फाइदाहरु पाउन सकिने शर्माले जानकारी दिए । यो योजना अन्तर्गत २१ लाख सम्मका विभिन्न बीमा सुविधा दिने शर्माले जानकारी दिए ।

१० लाख रुपैया सम्मको दुर्घटना बीमा, १८ गम्भिर प्रकृतिका रोगहरुको लागि १० लाख सम्मको बीमा, १ लाख सम्मको स्वास्थ्य बीमा, खातावालालाई कर्जाको ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत, कुनैपनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने, होम बैंकिङको सुविधा, निःशुल्क क्रेडिट कार्ड, निःशुल्क मोबाइल बैकिङ, भिसा कार्ड र इन्टरनेट बैंकिङ, अनलाइन खाता खोल्न मिल्ने सुविधा, अन्य यस्तै चमत्कारिक बैंकिङ फाइदाहरू भएको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विनितराज पाण्डेले जानकारी दिए ।

उनले एनआइसी एसिया बैंकले गण्डकी प्रदेशमा रहेका आफ्ना ग्राहकलाई स्तरीय बैंकिङ सेवा प्रदान गर्न सफल रहेको बताए । ११ जिल्लामा ३१ वटा शाखा, १० वटा एक्स्टेन्स काउन्टर, ५० वटा भन्दा बढी एटिएम रहेको उनले बताए ।

कमेन्टहरु
Loading...