पेट्रोल डिजेलको मूल्य घट्यो

काठमाडौँ, १८ पुस /नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मूल्य फेरी घटाएको छ । पुष १८ गते राती १२ बजेदेखि लागू हुनेगरी निगमल पेट्रोले, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयँका दरले मूल्य घटाएको छ ।

पेट्रोलको मुल्य प्रति लिटर १०८, डिजेल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाइ इन्धन र ग्यासको मूल्य भने यथावत रहेको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा बलियो भएकोले मूल्य घटाइएको निगमले जनाएको छ ।

कमेन्टहरु
Loading...