#NepalBudget बजेटः श्रमिकलाई तलब दिन व्यवसायीका लागि कोष, के के छन् बजेटका मुख्य

पोखरा, १५ जेठ / सरकारले कोरोना भाइरसका कारण प्रभावित भएको जनजीवन तथा व्यवसाय सहज बनाउन बजेटबाट विभिन्न राहत कार्यक्रम ल्याएको छ ।

आगामी वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले व्यवसायी देखि श्रमिकसम्मका लागि राहत प्याकेजको घोषणा गरेका छन् । खतिवडाले लकडाउन भएपछि ल्याएको राहत कार्यक्रमलाई संक्रमणको जोखिम हुँदासम्म जारी हुने जानकारी दिएका छन् ।

त्यस्तै तीनै तहका सरकारको समन्वयमा सञ्चालन हुने कामका लागि खाद्यान्न कार्यक्रममा सहभागी हुन नसक्नेका लागि एक तिहाइ खाद्यान्न दिइने उनले घोषणा गरेका छन् । त्यस्तै सरकारले पर्यटन व्यवसायीका लागि ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्थापना गर्ने यो कोषबाट पाँच प्रतिशत ब्याजबाट ऋण लिएर श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालनका लागि उपयोग गर्नसक्ने छन् ।

त्यस्तै सरकारले सहुलियत ऋण दिनका लागि नेपाल राष्ट्र बैंकमा रहने पुर्नकर्जा कोषको रकम १ खर्ब र्पुयाउने घोषणा गरेको छ । बिजुली तथा खानेपानी महसुलमा उपभोक्तालाई छुट दिने सरकारले घोषणा गरेको छ ।
बजेटबाट सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीका लागि बिजुलीको डिमान्ड शुल्क छुट दिने तथा कम खपतको समयमा महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

१ लाख सम्मको सामूहिक कोरोना बीमा गर्दा ५० प्रतिशत दायित्व बेहोर्ने घोषणा गरेका खतिवडाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाको बीमा दायित्व सरकारले बेहोर्ने जानकारी दिए ।

विदेशमा रहेका तर भिसा अवधि सकिएका, बेरोजगार भएका तथा स्वास्थ्य समस्या भएका नेपालीलाई स्वदेश फर्काउनका लागि बजेट बिनियोजन गरिएको खतिवडाले जानकारी दिए।

Nepal Budget 2077/78

Nepal Budget 2077/78

Posted by Ganthan.com on Thursday, May 28, 2020

सामाजिक सुरक्षा कोषमा दर्ता भएका श्रमिकको लकडाउन अवधिभर सरकारले जम्मा गरिदिने भएको छ। यसरी जम्मा भएको रकम व्यवसायीले सापटी लिएर अहिले तलब दिनसक्ने छन् ।

वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने तथा निर्माण, यातायात तथा पर्यटन क्षेत्रका उद्योगलाई लाग्ने प्रशासनिक शुल्कमा छुट दिने सरकारले घोषणा गरेको छ।

कोरोनाले सिर्जना गरेको व्यावसायिक अवसर छोप्नेहरूका लागि सरकारले ५० करोडको स्टार्टअप कोष बनाउने घोषणा गरेको छ ।

अन्तराष्टिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन ।

नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको । युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट ।

१ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन
सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब

राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाइनेछ ।
माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने ।

सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने

राष्ट्रसेवक कर्मचारी र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने ।
माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने ।
कृषि मन्त्रालयको बजेट ७ अर्बले बढ्यो

भर्चुअल कक्षा सञ्चालनमा जोड । एक हजार ८०० स्कुल स्थापना गर्न रकमको व्यवस्था ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गरिने । बजेट ६ अर्ब ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड ।

निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड ।

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट ।
सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने ।
मुआब्जा भुक्तानी गरेका जग्गाको नापजाँच गरी लगत कट्टा गरी सरकारी कायम गर्ने ।

नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा
कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यसअघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।

६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने ।
मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गर्ने ।

संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बैक स्थापना गर्ने ।
६ हजार स्वयंम सेवक परिचालनका लागि २ अर्ब २३ करोड ।

भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन ।

बजेटः एक चिकित्सक एक स्वास्थ्य संस्था

सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याउने जनाएको छ । आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक चिकित्सक एक संस्था कायान्वयनमा जानकारी दिएका हुन् । यसका लागि सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको उनले जानकारी दिए ।

बजेटः स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७ ७८को बजेट सार्वजनिक गरे ।

सरकारले तीन सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७७७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने बताए ।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए । स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको जानकारी दिए । त्यसै गरी स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बिनियोजन गरेको छ । ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने ।

३ सय शय्याको सरुवारोग अस्पताल । सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल

१२ अर्ब ४६ करोड स्वास्थ्य पूर्वाधार विकासका लागि ।

सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला ।

प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।

३ वर्ष सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने ।

केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने

राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने ।

कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने ।

राजमार्गमा ट्रमा सेन्टर ।

निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने । व्यायामशाला योग केन्द्र पनि चलाउने ।

निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था मिलाएको छु ।

 

कमेन्टहरु
Loading...