नेपालमा डलर हाल सम्म कै महँगो

पोखरा, ४ साउन /नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यो हालसम्म कै उच्च दर हो । यसअघि बिहीबार यो दर ११० रुपैयाँ १० पैसा थियो ।

खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय रुपैयाँसँगै नेपाली मुद्रा कमजोर बनेको हो । अर्कोतर्फ अमेरिकीले इरानको तेलमाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहँदा डलर मजबुत देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी डलर महँगो हुँदा नेपालमा मूल्य बृद्धि बढ्न जान्छ । निर्यातभन्दा आयातको आकार कयौं गुणा ठूलो भएकाले व्यापार घाटा समेत बढ्न जान्छ

कमेन्टहरु
Loading...