आज ४ बजे बजेट, बालुवाटारमा मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर

काठमाडौं, १५ जेठ / बजेटबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको थियो । पूर्ण बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य आज ४ बजे संसदमा पेश हुँदैछ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान अनुसार नै आज बजेट आउन लागेको हो ।

कमेन्टहरु
Loading...