नेपाल राष्ट्रिय वाणिज्य संघ पोखराको अध्यक्षमा भट्टराई

पोखरा, २२ साउन /नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको आयोजनामा शनिवार पोखरामा नेपाल राष्ट्रिय वाणिज्य संघ, पोखराको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले केदारनाथ भट्टराईको अध्यक्षतामा १७ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको छ ।नेपाल राष्ट्रिय वाणिज्य संघ पोखराको अध्यक्षमा भट्टराई

समितिको उपाध्यक्षमा दिननाथ सुवेदी, सचिवमा नरहरि अधिकारी, कोषाध्यक्षमा राजेन्द्रबहादुर कार्की तथा सह–सचिवमा गणेश श्रेष्ठ चयन भए । त्यसैगरि सदस्यहरुमा यादव पोख्रेल, मथुरा प्रसाद पौडेल, राजकुमार गिरी, अमृत पोख्रेल, राजु पौडेल, राजेश थापा, विष्णुकुमारी आचार्य, सिता पौडेल, कमला तिमिल्सीना, सूर्यबहादुर रानाभाट, रामराज पौडेल र दिलिप बस्ताकोटि चयन भए ।

यसअघि नेकपा एमाले स्थाई कमिटि सदस्य किरण गुरुङ्गले एक समारोहका विच अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै पूर्व बन मन्त्रि समेत रहेका गुरुङ्गले पार्टीले वाणिज्य क्षेत्रमा नयाँ संगठनको विस्तार गरेको बताउँदै बलियो संगठन तयार पारेर अघि बढ्न व्यवसायिहरुलाई आग्रह गरे । उनले राष्ट्रिय पूंजीको विकासका लागि अघि बढ्न पनि व्यवसायिहरुलाई आग्रह गरे । व्यवसायिक हकहित संरक्षणका लागि संगठनको स्थापना गरिएको बताउँदै व्यवसायिहरुलाई असल व्यवसायि बन्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य मानबहादुर जिसि, गण्डकी इन्चार्ज जगत विश्वकर्मा, कास्की अध्यक्ष कृष्ण थापा, पोखरा नगर संयोजक तेजनारायण अधिकारी, नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष कृष्ण पाण्डे लगाएतले शुभ–कामना मन्तव्य राखेका थिए । सोही समारोहमा ३८ औं पुष्पलाल दिवसका अवसरमा संघ कास्कीद्वारा आयोजित गाउँ तथा वडा स्तरिय ब्याडमिण्टन प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित ट्रफि, मेडल प्रमाणपत्रले पुुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा देवीप्रसाद गुरुङ्ग र तेजेन्द्र गुरुङ्गको जोडिले प्रथम, रबिन गुरुङ्ग र खेम केसीको जोडिले द्वितिय तथा बममानि आचार्य, विकास गुरुङ्ग, यदु अधिकारी र सुसिल पौडेलले तृतीय स्थान हाँसिल गरेका थिए । त्यसैगरि केदारनाथ भट्टराई र सुवास अधिकारीले अनुशासित खेलाडी तथा तेजेन्द्र गुरुङ्गले उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए । आयोजक नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीका अध्यक्ष सञ्जिबबहादुर कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष तिर्थलाल श्रेष्ठले स्वागत, अर्का उपाध्यक्ष अर्जुन पोख्रेलले धन्यवाद तथा सचिव इमानराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...