सन्दिप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’ मा

काठमाडौं, १३ असोज /एनसेल प्राईभेट लिमिटेडले बिहीबार नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«य स्तरमा

गर्ववान्वित बनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मादुई बर्षका लागि आबद्ध गरेको

छ । ‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित

गरिरहेका, आफुलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्व वान्वित बनाउने कार्य गरिरहेका

प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पु¥याउने उद्देश्य लिई तयार पारेको हो ।

यो पहल एनसेलले ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यसमा कम्पनीले निस्वार्थ

भावनाका साथ दैनिक रुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन

योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभा शाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहिवार एक कार्यक्रममाझ गरेको हो । कार्यक्रम सफल

स्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दिपले बालमन्दिरका

बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले

सन्दिप सँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।

“देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदानगर्न एनसेलले शुरु गरेको यो पहलवास्तवमै सरहानिय छ ।

यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदानगर्ने विश्वास छ,” सन्दिपले

भने ।

कमेन्टहरु
Loading...