नेपालमा पर्यटक बोलाउन भियतनाम र कम्बोडियामा ‘सेल्स मिसन’

पोखरा, २५ जेठ /दक्षिण पूर्वी एसियाका देशहरु भियतनाम र कम्बोडियामा ‘नाट्टा प्रमोसनल टुर एण्ड सेल्स मिसन’ सुरु गरेको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजनामा पर्यटन प्रवद्र्धनका लक्ष्यसहित भियतनामको हनाई र कम्बोडियाको सिमरिपमा कार्यक्रम गरेको हो ।

नेपाल पर्यटन बोर्डसँग सहकार्यमा गरी जेठ बिहीबार देखि असार २ गतेसम्म कार्यक्रम आयोजना गरिएको महासचिव हरिराम अधिकारीले जानकारी दिए । नाट्टा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधी सहित भ्रमणमा १८ जना सहभागी भएका छन् । टोलीले भियतनाम र कम्बोडियामा ‘बिटुबी’ अन्तक्रिया कार्यक्रम आयोजना गर्ने निबर्तमान अध्यक्ष दीलप्रसाद गौतमले जानकारी दिए । विषेश गरी पोखरा र वरिपरिका पर्यटकीय क्षेत्रहरुसहित समग्र नेपाललाई समेटी तयार पारिएका प्रबद्र्धधनात्मक सामग्रीहरु ती देशहरुमा बितरण गरिने उनले बताए ।

विश्वका घुम्नै पर्ने प्रमुख १० देशहरु मध्ये नेपाल पनि एक हो भन्ने सन्देश दिन भ्रमण फलदायी हुने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक झबिलाल अधिकारीले बताए । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भन्ने जानकारी गराउने, विश्वको सर्वाेच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा माथिका ८ हिमश्रृखला नेपालमा पर्छन् भन्ने जानकारी गराउने पनि भ्रमणका उद्देश्य छ ।

नेपालमा रहेका विविध प्राकृतिक र धार्मिक सम्पदाहरुको प्रचारप्रसार बाँड्दै त्यहाँका पर्यटकलाई नेपाल ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए । ‘नेपाल र विशेषगरी पोखरा ’roundका पर्यटकीय स्थलहरु भियतनाम र कम्बोडियाली पर्यटकको लागि अति उपयुक्त क्षेत्रहरु हुन्,’ उनले भने, ‘पोखरामा अवस्थित ट्राभल तथा टुर अपरेटरहरुको क्षमता अभिबृद्धिका साथै भियतनाम, कम्बोडियामा रहेका ट्राभल–ट्रेड अपरेटरहरुसँग व्यापारिक सम्बन्ध कायम गरी पर्यटक बढाउन भ्रमण सफल हुनेछ ।’

सन् २००४ देखि नाट्टा फाम टुर आयोजना गरेको संघले सन् २००८ देखि नाट्टा प्रमोशनल टुर गर्दै आइरहेको छ । नाट्टा अबलोकन भ्रमणका क्रममा नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन गर्ने सिलसिलामा छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, दक्षिण कोरियाका र बंगलादेशमा अन्तरक्रिया, पत्रकार सम्मेलन तथा बिटुबी कार्यक्रम बिगतका वर्षहरुमा भइसकेका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...