मध्य र सुदुरपश्चिममा सिधा पर्यटक बस सञ्चालन गर्न जोड

पोखरा २९ फागुन /मध्य र सुदरपश्चिममा व्यवसायीले पोखराबाट सिधा पर्यटक बस सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । त्यहाका पर्यटकिय क्षेत्रसँग पोखरालाई जोड्ने गरी सिधा पर्यटक वस सञ्चालन भए पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उनिहरुले बताए ।

मध्य र सुदुरपश्चिममा सिधा पर्यटक बस सञ्चालन गर्न जोड
मध्य र सुदुरपश्चिममा सिधा पर्यटक बस सञ्चालन गर्न जोड

प्रबद्र्धनात्मक भ्रमणको क्रममा नाट्टा पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखराले मध्यपश्चिमको नेपालगञ्ज र वर्दिया तथा सुदुरपश्चिमको धनगढीमा गरेको अन्तरक्रियामा पोखराबाट सिधा पर्यटक वस सञ्चालनको लागि पहल गर्नुपर्ने आवाज उठेको हो । स्तरिय पर्यटक वस नहुदा पर्यटक आगमनमा बृद्धि हुन नसकेको दुवै तिरका ब्यवसायीको ठहर छ ।

होटल एसोसिएसन नेपालगञ्जसँगको सहकार्यमा भएको अन्तरक्रियामा सहभागिले पोखरा र नेपालगञ्जलाई ब्यवसायीक रुपमा जोडेर पर्यटन प्रबद्र्धन गर्न सिधा पर्यटक वस सञ्चालनको खाचो औल्याए । हवाई र स्थल मार्गबाट सहज आवतजावतको ब्यवस्था भए नेपालगञ्ज सम्म पुगेका पर्यटक पोखरा आउने र पोखरा आइपुगेका पर्यटक नेपालगञ्ज सम्म पुग्ने वातावरण बन्ने उनिहरुको विश्वास छ । नेपालगञ्ज र आसपासको क्षेत्रमा थुप्रै पर्यटकिय क्षेत्र भएपनि त्यसको प्रबद्र्धन गर्न नसकिएको स्विकार्दै होटल एसोसिएसन नेपालगञ्जका अध्यक्ष निम बहादुर थापाले भने ‘नेपालगञ्ज र आसपासको क्षेत्रमा पर्यटकिय संभावना प्रसस्त छ तर पर्यटक तान्न सकिएको छैन । ’

नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्ज सहित मध्यपश्चिमको पर्यटन अन्य क्षेत्रको तुलनामा निकै सुस्त गतिमा अघि बढेको भन्दै वाँकेमा शुन्य रहेको पर्यटकिय गतिविधि माथि उठाउन पोखराबाट सहज आवतजावतको खाचो औल्याए ।  नागरिक उडड्यन कार्यालय नेपालगञ्जका प्रमुख प्रताववावु तिवारी तत्कालका लागि पोखरा नेपालगञ्ज सिधा हवाई सेवा दिन नसकिएपनि सिधा पर्यटक वस सञ्चालन गर्न आग्रह गरे ।

त्यस्तै पर्यापर्यटन विकास मञ्च, वर्दिया राष्ट्रिय निकुञ्ज लगायतका संस्थाले संयुक्त रुपमा गरेको पश्चिम नेपालको पर्यटकिय संभावना र चुनौति तथा नाट्टाको भूमिका विषयक अन्तरक्रियामा पोखरा वर्दिया सिधा वस सेवालाई प्रथामिकता दिइयो ।  कार्यक्रममा बोल्नेहरुले पोखरा देखि वर्दियाको ठाकुरद्धारा सम्म सिधा वस सञ्चालन गर्न सके पर्यटक आगमन बढाउन सकिने बताए । वर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले वर्दिया जंगल सवारीको लागि उत्कृष्ट गन्तब्य भएपनि पर्यटक आगमन बढाउन नसकिएको बताए । पोखरा देखि सिधा वस सेवा सञ्चालन गर्न सके पर्यटकको संख्यामा बृद्धि हुन सक्ने उनको विश्वास छ ।

पर्यापर्यटन विकास मञ्च वर्दियाका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले निकुञ्ज आसपासको क्षेत्रमा २२ वटा पर्यटकिय होटल रहेको जानकारी दिदै पर्यटक भित्र्याउन सघाउन नाट्टालाई आग्रह गरे । समग्र पश्चिम नेपालको पर्यटन प्रबद्र्धनका लागि पोखरेली पर्यटन व्यवसायीसँग सहकार्य गर्न तयार रहेको उनले बताए । नाट्टा सुदुरपश्चिम क्षेत्रीय संघले धनगढीमा गरेको कार्यक्रममा पोखरा धनगढी स्तरिय पर्यटक वस सञ्चालनको आवाज उठ्यो । त्यहाका व्यवसायीले पोखरा —धनगढी पर्यटक वस सञ्चालन गर्न आग्रह गरे । कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष रुक्मणी देवकोटाले एउटा पर्यटकिय क्षेत्रदेखि अर्को क्षेत्रसम्म सहज आवतजावतको व्यवस्था भए पर्यटक आगमन पनि सहज हुने बताइन् ।

नाट्टा सुदुरपश्चिमका अध्यक्ष माया प्रसाद भट्टले पर्यटक वस सञ्चालनको लागि अन्य व्यवसायीसँग छलफल गर्ने बताए ।
नाट्टा पोखराका अध्यक्ष डिल्ली प्रसाद गौतमले नेपालगञ्ज , वर्दियासँगै धनगढीमा पर्यटक आवतजावतको लागि स्तरिय वस सञ्चालन गर्न सके आगवन बढाउन सकिने बताए । ‘ हामी वस सञ्चालनको लागि तयार छौ तर अन्य व्यवसायीको सहयोग चाहिन्छ ’ उनले भने । नाट्टा पोखराका निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले पर्यटकको लागि सहज आवतजावतको व्यवस्था गर्न आफुहरु सधै तयार रहेको बताए । ‘ जवसम्म पर्यटकिय क्षेत्रलाई जोड्ने गरी स्तरिय वस सञ्चालन गर्न सकिन्न तव सम्म पर्यटक आवतजावतमा समस्या हुन्छ ’ उनले भने ‘ हामी पोखराबाट नेपालगञ्ज, वर्दिया र धनगढी सम्म वस सञ्चालन गर्न तयार छौ । ’

आन्तरिक पर्यटन प्रबद्र्धनको लागि नाट्टा फाम टुर २०१६ नाम दिइएको भ्रमणमा पत्रकार सहित ३२ जना सहभागि थिए । फागुन २१ ग्ते भ्रमणमा निस्किएको टोली २९ गते विहान पोखरा फर्किएको छ । भ्रमण संयोजक नवराज अधिकारीले संस्थाले २००४ देखि अहिलेसम्म सञ्चालन गर्दै आएको प्रबद्र्धनात्मक कार्यक्रमले पोखरामा आन्तरिक पर्यटकको संख्या बृद्धि गरेको बताए । भ्रमणको क्रममा टोली भारतको नैनीतालसम्म पुगेको थियो । यसअघि नाट्टाले पूर्वाञ्चलमा पनि प्रबद्र्धनात्मक भ्रमण सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...