पोखरामा ‘लाइभ आइसक्रिम पार्लर’

पोखरा, ८ बैशाख /अमेरिकन प्रविधिको मेसिन प्रयोग गरेर पोखरामा लाइभ आइसक्रिमको पार्लर सञ्चालनमा आएको छ । पोखराको न्युराडस्थित भाटभटेनीको अगाडि पोखराका चार जना व्यवसायी मिलेर लाइभ आइसक्रिम पार्लर सञ्चालनमा ल्याएका हुन् ।

पोखराका व्यवसायीहरु चिन्तामणि बास्तोला, सन्तोष घिमिरे, विनोद न्यौपाने र शेखर कोइरालाको संयुक्त लगानीमा आइसक्रिम पार्लर सञ्चालनमा आएको हुन् ।

लाइभ आइसक्रिम एक मिनेटमा तयार हुने सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘ग्राहकले आइसक्रिम बनाएको प्रत्यक्ष अवलोकन गर्न सक्छन्,’ उनले भने ‘अमेरिकन प्रविधिबाट पोखरामा पहिलो पटक आइसक्रिम तयार पारेर बिक्री गर्न सुरु गरेका हौ ।’

यस अगाडि यो प्रविधिबाट काठमाडौंका विभिन्न स्थानमा आइसक्रिम पार्लर सञ्चालन आएका थिए । काठमाडौंको सफलता पछि यो प्रविधिलाई पोखरामा भित्र्याइएको सञ्चालक चिन्तामणि बास्तोलाले जानकारी दिए ।

‘अन्य आइसक्रिम भन्दा यसको स्वाद निकै फरक छ,’ उनले भने, ‘लाइभ आइसक्रिम भएकाले अन्य आइसक्रिमको तुलनामा ताजा हुन्छ ।’ १ करोड रुपैयाँ भन्दा बढी लगानीमा आइसक्रिम पार्लर सञ्चालनमा आएको हो ।

११ वटा विभिन्न फ्लेबरमा आइसक्रिम बिक्री हुने उनले बताए । आइसक्रिम पार्लरबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको छ । छिट्टै औपचारिक उद्घाटन गरिने बताइएको छ ।

कमेन्टहरु
Loading...