लेखनाथ महोत्सवको सातौ दिनसम्म साडे सात करोडको कारोबार

लेखनाथ÷पौष ०३/दशौं लेखनाथ महोत्सवको सातो दिनसम्म आइपुग्दा ७ करोड ५० लाख रुपैयाको कारोबार भएको छ भने एक लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । सातौ दिन बुधबार मात्रै २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको र १ करोड रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आज अटोको स्टलबाट एउटा ट्याक्टर विक्री भएको छ ।

lekhanath festivalउनले महोत्सवमा राखिएका तीन सय भन्दा वढी स्टल र ट्याक्टको व्यापार समेत गरी एक करोडको कारोबार भएको हो । यस्तै मनोरन्जन तर्फ राखिएको बालउद्यानमा समेत दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा प्रतिकुल मौसमका बावजुद पनि दर्शकहरु अवलोकनका लागि भण्डारढिक पुगेका थिए ।

आधुनिक विधाकी उत्कृष्ट गायक अन्जु पन्त समेत स्टेजमा उत्रिएका कारण दर्शकहरुको उल्लेख्यीय सहभागिता रहेको हो । उनलाई गायिक सहिना श्रेष्ठले समेत साथ दिएकी थिईन । यस्तै लोक गायन तर्फ पशुपति शर्मा र मञ्ज महत, प्रजापति पराजुली, जिवन दाहाल, चोलेन्द्र पौडेल लगायतका कलाकारहरुले आफ्नो गायन प्रस्तुत गरेका थिए ।

जन गायक जिवन शर्माले महोत्सवमा आफ्ना लोकप्रिय गितहरु झरनाको चिसो पानी, सिमली छाँयामा गाउँदा दर्शकहरु उनलाई साथ दिदै नाचेका थिए । यसैगरी महोत्सवको अर्को चर्चित कार्यक्रम गण्डकी तारा गायन प्रतियोगिताका प्रतियोगिहरुले आफ्नो गायन प्रस्तुत गरेका छन् । सहभागी १० जना मध्ये दर्शकहरुले टिकटबाट गरेको भोटिङ र निर्णायकहरुले नतिजाले विहिबार केही
प्रतिस्पर्धीहरु बाहिरिने छन् ।

कमेन्टहरु
Loading...