पत्रकार रानाभाट एक्लै चुनाबी मैदानमा

पोखरा, २४ भदौ /पोखरा उद्योग वाणिज्य संघको असोज १ गते हुने निर्वाचनमा सदस्य पदमा उमेदवारी दिएका पत्रकार कृष्ण बहादुर रानाभाट एक्लै चुनावी मैदानमा होमिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिबेशनमा उमेदवारी दिएका २१ जना खुल्ला सदस्य मध्ये अध्यक्ष पदका उमेदवार देव क्षेत्रीको प्यानलमा १० जना र अर्का अध्यक्षका प्रत्यासी उमेदवार विश्वशंकर पालिखेको प्यानलमा १० जना छिरेपछि पत्रकार रानाभाट एक्लै चुनावमा जाने भएका हुन । २०५४ सालदेखि पोखराको आर्दश समाज दैनिकवाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका रानाभाट विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका छन् ।

कृष्ण बहादुर रानाभाट
कृष्ण बहादुर रानाभाट

पत्रकारिताका साथै व्यवसायमा लागेका रानाभाट दरवारथोक एड्भटाईजिङ एजेन्सीका संचालक हुन् । उनी हाल स्पेनवाट संचालित अनलाईन न्यूज पोर्टल नेपाली नेपाली डटकमका पोखरा समाचार संयोजक रहेका छन् । कुनै प्यानलमा आवद्ध नरहेका रानाभाटलाई जिताउन सहयोग गर्ने भन्दै उनी आवद्ध संघसंस्थाले संस्थागत निर्णय समेत गरेका छन् ।

रानाभाट तथा भाट समाज नेपाल, पश्मिाञ्चल क्षेत्रिय समिति र कास्की जिल्ला समितिको शुक्रवार बसेको सयुक्त आकस्मित बैठकले क्षेत्रिय समितिका सदस्य रानाभाटलाई निर्वाचनमा जिताउन आवश्यक सहयोग तथा पहल गर्ने निर्णय गरेको छ । पोखरा १७ स्थित ड्यामसाईड क्लवले पनि रानाभाटलाई सहयोग गर्न संस्थागत निर्णय गरेको क्लवका अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिएका छन् । पत्रकार रानाभाट क्लवका आजिवन सदस्य हुन । त्यसैगरी संघर्षमा कलम साहित्य समाजका अध्यक्ष असफल गौतमको अध्यक्षतामा शुक्रवार बसेको बैठकले संस्थाका संस्थापक बरिष्ठ उपाध्यक्ष पत्रकार रानाभाटलाई सहयोग गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...