खाना पकाउने ग्यासको पनि मूल्य बढ्यो

पोखरा, २१ भदौ / नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । बुधबार राती १२ बजे

पछि लागु हुने गरि प्रति सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । पटक पटक पेट्रोलीयम पदार्थका मुल्य बढेपनि

ग्यासको भने बढेको थिएन । भारतबाट मूल्य बढेर आएको र अमेरिकी डलरको भाउ बढ्दा घाटा बढ्दै गएको

भन्दै निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको छ । निगमले पेट्रोल लिटरमा १ र मट्टितेल÷डिजेलमा ३

रुपैयाँ मूल्य बढेको हो ।

कमेन्टहरु
Loading...