पोखराको गण्डकी मेडिकल कलेजमा खुल्यो ‘जुस बार नेपाल’

249

पोखरा, ४ बैशाख/पोखराको गण्डकी मेडिकल कलेजमा जुस बार नेपाल सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिका मेसिनहरुमार्फत फलफुल पेलेर ग्राहकलाई ताजा जुस उपलब्ध गराउने उद्देश्यले पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल सगँ जुस बार खोलिएको सञ्चालक राम अधिकारीले जानकारी दिए । जुस बारमा करिब ३० लाख रुपैयाँ लगानी भएको उनले बताए ।

भारतीय कम्पनीजुस एण्ड जुसका ३ वटा अत्याधुनिक मेसिनमार्फत फलफुल पेलेर जुस तयार पारिने अधिकारीले बताए । ‘जुसका लाग यस प्रकारको प्रविधि नेपालमा पहिलो पटक भित्र्याइएको हो,’ उनले भने । पोखरामा खुलेको जुस बार नेपाल ब्राण्डलाई पोखराका विभिन्न ठाउँसहित देशभर विस्तार गरिने अधिकारीले बताए । ‘छिट्टै पोखराको न्युरोड, लेकसाइडको दुई ठाउँ, मनिपाल हस्पिटल तथा चितवनमा शाखा खोल्ने तयारी भइरहेको छ,’ उनले भने ।

फलफुल
फलफुल

शतप्रतिशत शुद्ध, ताजा र हाइजेनिक जुस खुवाइने अधिकारीले बताए । १ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको जुस उपलब्ध रहेको अधिकारीले जानकारी दिए । ‘बजारमा उपलब्ध सम्पूर्ण फलफुलको जुस हामी तयार पार्छौं,’ उनले भने, ‘ग्राहकले प्रत्यक्ष देख्ने गरी जुस बनाउँछौं । ग्राहकले चाहेमा आफैले जुस तयार पार्न पनि सक्नुहुन्छ ।’ स्वास्थ्यका लागि उपयोगी भएकाले पछिल्लो समय जुस खाने क्रम बढेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...