बहाल छुट नदिदा धमा धमा व्यवासाय छोड्न बाध्ये पोखराका व्यवसायी

सागर राज तिमिल्सिना
पोखरा, १६ असार / पोखराको विन्ध्यवासीनि नजिकै (धोबी गौडा) मा फेन्सि पसल चलाउदै गरेका अनिल भण्डारीले आफ्नो पसलका सामान आइतबार प्याक गरेर लगे । केही वर्ष देखी सञ्चालन गर्दै आएको पसल बन्द गर्नु पर्दा उनलाई पिडा थियो ।

लकडाउनका कारण व्यवसायी बन्द र खुलेपछि पनि व्यवापार नभए पछि उनले घर धनिलाई बहाल छुट दिन अनुरोध गरे । तर पटक पटक अनुरोध गर्दा पनि बहाल छुट दिनएनन् । नदिए पछि उनले आफ्नो व्यवसाय नै बन्द गरेर सामान उठाउनु परेको बताए ।

घर धनीले सरकारले एक महिनाको छुट गर्ने भनेको बहाल समेत छुट नगरेको भण्डारीले बताए । ‘व्यापार हुर्दै हुर्दैन, घर धनिले छुट दिदै दिदैन कसरी व्यपार गर्ने,’ भण्डारीले भने ‘त्यस पछि बाध्य भएर व्यवसाय नै छाड्नु प¥यो ।’ अन्य वरपरका व्यवासयीहरुले पनि घर धनि सँग छुट मागेको र नपाए व्यवसाय छाड्ने मनस्थितिमा रहेको उनले बताए ।

पोखराको लेकसाइडमा ट्राभल्स एजेन्सि चलाउदै आएका बलराम पौडेलले पनि आफुले चलाउदै आएको अफिस बन्द गरेका छन् । उनले सटर भाडामा लिएर ट्राभल्स एजेन्सी चलाउदै आएका थिए । कोरोनाका कारण आर्थिक व्यवसाय नै नचले पछि उनले सटर छाडेर आफ्नो अफिसको सामान घर लगेर राखेका छन् ।

‘घर धनिले घर भाडा घटाउन मानेन्,’ उनले भने ‘व्यापार केहिपनि छैन कसरी महिनाको २० हजार रुपैया तिर्ने ?’ घर धनिले छुट दिएका भए सुख दुःख त्यही सटरमा व्यवसाय चलाउने उनले बताए । तर छुट नदिने भने पछि सटर छाडेर हिडे ।

यी त उदाहरण मात्रै हो । पोखराका विभिन्न ठाउँमा व्यवसाय गर्दै आएकाहरु कोरोनाका कारण व्यवसायीले धमाधम व्यवसाय छाड्दै हिड्नेहरु धेरै नै छन् । घर धनिले समस्याका बेला छुट नदिएका कारण व्यावसायीहरु व्यवसाय छाडेर भागेका छैनन् ।

पोखराको लेकसाइडका रहेका करिब ५ सय होटलमा करिब २५० घरधनिले नै चलाउ छन् भने २५० भाडामा दिने गरेका छन् । करिब ५० भन्दा बढि होटल व्यवसायमा रहेका व्यावसायी छाडेर हिडि सकेको पश्चिमाञ्चल होटल संंघका अध्यक्ष विकल तुलाचलले बताए ।

भाडामा होटल लिएर सञ्चालन गर्नेहरुले धमाधम छाडेर गएको उनको भनाई छ । तर घरधनिले भाडामा सहुलिएत दिएका होटलहरु भने व्यवासायीहरुले नै चलाउने छन् । दिन दिनै होटल संघमा भाडाका बिषयलाई लिएर गुनासो आउने गरेको तुलाचनले बताए । करिब तीन महिना हुन थाल्दा समेत होटल बन्द गर्नु पर्ने अवस्था आउदै गरेपछि कर्मचारी र भाडा तिन नसक्ने अवस्था आएपछि होटल छाडेर जान वाध्य भएको उनले बताए ।

होटल सञ्चालनका भाडा लिन दिएको एड्भान्स रुपैया, भाडा लगाएतका विषयमा दिनहुँ गुनासो आउने गरेको बताए । कतिपय घर धनिले भने होटल चलाउै गनुहोस् चले पैसा दिनु नभएर चलाउनु भने गरेको उनले बताए । होटल मात्रै है लेडसाइडमा सटरहरु पनि धमाधमा खाली गर्दै गएका छन् ।

कमेन्टहरु
Loading...