अस्ट्रेलीयन हार्बर इन्टरनेसनल कलेज पोखरामा

पोखरा, ८ बैशाख । उच्च शिक्षा अध्ययनका लागि नेपालबाट हरेक वर्ष हजारौं विद्यार्थी अस्ट्रेलिया जाने गर्छन् । ती विद्यार्थी मध्ये चर्को कलेज फि र उचित परामर्शको कमिका कारण आफ्नो पढाई र कलेजप्रति नियमित हुन नसकेका उदाहरण पनि छन् । कतिपय विद्यार्थी पढ्न जाँदा त्यहाँको पढ्ने पढाउने शैलीप्रति अनविज्ञ हुन्छन् । नेपाली विद्यार्थीका लागि सहजता होस् र भबिश्य सुनौलो होस् भन्ने उद्देश्य सहि अस्ट्रेलियामा रहेको अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले नयाँ योजनाहरु लिएर पोखरा आएको छ ।

हेल्थ साइन्स, एकाउन्टिङ तथा बिजनेसका विभिन्न पढाई हुने हार्बर कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन भेटवाल अहिले नेपालमा छन् । ‘अस्ट्रेलियामा यसरी नेपालीले नै कलेज संचालन गर्नु आफैमा गौरबको कुरा हो,’ उनी भन्छन्, ‘पढाइएका कुराहरुलाइ प्राक्टिकल नलेज दिन कलेज शतप्रतिशत तयार छ ।’

यसैबीच, अप्रिल २३ देखि २६ सम्म पोखरामा विशेष जानकारी मुलुक कार्यक्रम, भेटघाट तथा सहजीकरण कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक भुवन क्षेत्रीले जानकारी दिए । कार्यक्रममा कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर भेटवाल लगायत प्रत्यक्ष सहभागी हुनेछन् । अस्ट्रेलियामा भएका भिजा परिवर्तन, इमिग्रेसन कानुन र त्यहाँको वास्तविक कुराहरु के हुन् भन्ने विषयमा समेत एजेन्टहरुले बुझ्ने राम्रो मौका पाउने विश्वास समेत गरिएको छ ।

कमेन्टहरु
Loading...