हावा हुरी पीडितलाई चेम्बर्स अफ कमर्शको सहयोग

पोखरा, २२ चैत /पोखरा चेम्बर्स अफ कमर्श कास्कीले हावा हुरी पीडितहरुको लागि प्रधानमन्त्री राहात कोषमा ८२ हजार रुपैयाँ सहयोग गरेको छ ।

बारा पर्सा जिल्लाका हावा हुरीबाट प्रभावितहरुलाई चेम्बर्स अफ कमर्शको केन्द्रीय कार्यलय मार्फत रकम राहत कोषमा पठाएको हो ।

चेम्बर्स अफ कमर्श कास्कीका अध्यक्ष किशान सुनारले चेम्बरका पदाधिकारी तथा कार्य समितिका सदस्य र अन्य सहयोगी महानुभावबाट संकलित रकम कोषमा पठाएको बताए ।

हावा हुरीबाट प्रभावितहरुलाई राहात स्वरुप हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १० हजार १ सय, गण्डकी जग्गा तथा आवास विकास संघले १० हजार र रानीवन बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट ४ हजारसमेत प्रधानमन्त्री राहातकोषमा पठाएको महासचिव उमराज बाँस्तोलले जनाए ।

कमेन्टहरु
Loading...