गण्डकी बिकास बैंक लिमिटेडको बारा र पर्सा हावाहुरी पिडीतलाई सहयोग

पोखरा, १८ बैशाख /गण्डकी विकास बैंक लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोग गरेको छ ।

बैकले परिवारका लागि सहयोग स्वरुप २ लाख ९ हजार हजार नौ सय रुपैया चेक जिल्ला विपद व्यवस्थापन खातामा जम्मा हुने गरि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई हस्तान्तरण गरेको हो ।

रकम गण्डकी विकास बैंक बिरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले सो घटनामा पिडितको सहयोगको लागि “बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामकखाता सञ्चालनगरि उक्त रकम संकलन गरेको थियो । खातामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख र कर्मचारी तथा ग्राहकले १ लाख ९ हजार संकलन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगत विपतमा परेका बारा तथा पर्साका पिडितका लागि संकलन गरि विपद व्यवस्थापन समितिमा जम्मा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

बैंककातर्फबाट विरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले चेक हस्तान्तरण गर्दै सहयोगले पिडितलाई केहीभए पनि राहात पुग्ने बैंकले अपेक्षा राखेको बताए ।

कमेन्टहरु
Loading...