धम्पुसमा पर्यटन व्यवस्थापन तालिम शूरु

नेपाल टुरिजम् तथा होटल म्यानेजमेन्ट कलेज पोखराका अध्यक्ष अशोक पालिखेले पर्यटन व्यवसायलाई नयाँ सोचका साथ व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्।राष्टिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सेन्चुरी पर्यटन व्यवसायी समितिको संयूक्त आयोजनामा पर्यटकीय गाँउ धम्पुसमा आयोजित फोहर तथा पर्यटन व्यवस्थापन सम्बन्धी तालिमको उद्घाटन गर्दै पालिखेले सो धारणा राखेका हुन् ।

दुई दिने उक्त तालिमको उद्घाटन गर्दै प्रमूख अतिथि पालिखेले पर्यटन व्यवसायलाई दीर्घकालिन सोचका साथ अगाडि लैजान बजारीकरणका रणनीतिहरु पनि बनाउनु पर्नेमा जोड दिए ।उनले यस क्षेत्रको स्थानीय मौलिक संस्कृति र प्रकृतिको संरक्षणबाट पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने हुदाँ त्यस तर्फ जिम्मेवार भएर लाग्न व्यवसायीहरुलाई आग्रह गरे।

कायक्रममा विशेष अतिथिको मन्तव्य राख्दै वन विज्ञान अध्ययन संस्थानका सह प्राध्यापक श्रीकान्त खतिवडाले पछिल्लो वर्षहरुमा पर्यटन क्षेत्रमा आर्थिक गतिविधी बढ्दै गएको दृष्टान्त प्रस्तुत गर्दै यसले जनताको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । सहप्राध्यापक खतिबडाले गुणात्मक पर्यटनमा सबैले जोड दिनु पर्ने भनाइ राखेका थिए।उक्त कार्यक्रममा विशेष अतिथि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रामकृष्ण सापकोटाले पर्यटन क्षेत्रमा पूर्वाधारहरुको बिकास गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

सेन्चुरी पर्यटन व्यवसायी समितिका अध्यक्ष दलबहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा इलाका संरक्षण कार्यलय ल्वाडका प्रमूख याम बहादुर गुरुडले स्वागत मन्तव्य र समितिका सचिव समबहादुर गुरुडले कार्यक्रम संचालन गरेका थिए। दूई दिनसम्म चल्ने उक्त तालिममा स्थानीय पर्यटन व्यवसायीहरु सहभागी रहेका छन्।

कमेन्टहरु
Loading...