लेकसाइडमा खुल्यो देशी टड्का जिब्रो पड्का रेष्टुरेण्ट

पोखरा, २२ पुस /पोखरा पछिल्लो समयमा भारती पर्यटको बढि रहेका छन् । तिनै भारती, अन्य विदेशी र नेपाली पर्यटकलाई लक्ष्त गरि नयाँ स्वाद पस्कन पोखराको लेकसाइडमा देशी टड्का रेष्टुरेण्ट संचालनमा ल्याएका छन् । वि¥यानी, डोसा, कवाव, पानीपुरी, दहिपुरी, इट्ली डोसा लगाएतका स्वदेशी विदेशी खानाका परिकार पस्कने गरि पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा ४ महिना देखि रेष्टुरेण्ट संचालनमा आएको हो ।

१८ बर्ष भारत बसेर फर्केका युवा पुरन सापकोटा, युवा उद्यमी असुन गुरुङ, प्रविण द्धा र अशेष शाक्यको लगानीमा संचालनमा आएको रेष्टुरेण्टमा हलाल गरेको मासुमात्र खानाका परिकारमा प्रयोग हुने गरेको बताइएको छ । यस्तो मासु स्वास्थ्यका लागि पनि राम्रो हुने रेष्टुरेण्ट संचालकका भनाई छ ।

पर्यटकलाई हाइजेनिक, स्वच्छ खानाका परिकार पस्केर पोखरा भ्रमण स्मरण योग्य बनाउने उद्देश्यले बिभिन्न उद्यममा संलग्न युवा साथी मिलेर रेष्टुरेण्ट संचालनमा ल्याएको होटल र छुट्टै रेष्टुरेण्ट समेत संचालन गरेको युवा उद्यमी प्रविण द्धाले बताए । रेष्टुरेण्टमा बिशेष गरि भारतीय खाना, कन्टिनेन्टल र कम्बो खाना पाइने उनले सुनाए ।

भारतमै जन्मे, हुर्के र पढेका पुरन सापकोटा अध्ययनकै क्रममा भारतका नाम चलेका रेष्टुरेण्टमा काम गरेर बटुलेको सिप र अनुभव नेपालमै लगाउँ भन्ने उद्देश्यले रेष्टुरेण्ट संचालनमा ल्याएको बताए । पर्यटकलाई लक्षित गरि १ सय भन्दा धेरै रेष्टुरेण्टको भिड रहेको पर्यटकीय क्षेत्र लेकसाइडमा साथीहरु संगको साझेदारीमा देशी टड्का रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् ।

रेष्टुरेण्टमा १५ जनाले रोजगारी पाएको रेष्टुरेण्टक संचालक असुन गुरुङले बताए । रेष्टुरेण्टका भिडमा पर्यटकलाई छुट्टै स्वाद र पारिवारिक वातावरणमा बिभिन्न खानाका परिकार पस्कने उद्देश्यले रेष्टुरेण्ट संचालनमा ल्याएको युवा उद्यमी गुरुङले बताए ।

कमेन्टहरु
Loading...