पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका प्रत्यासी दामु अधिकारी प्यानलद्वारा उम्मेद्वारी दर्ता

93

पोखरा, २५ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३२ औं महासचिवेशनमा उम्मेद्वारी घोषणा गरेको समावेशी

व्यवसायी समूहका सबै उम्मेद्वारले सोमबार उम्मेद्वारी दर्ता गरेका छन् । समूहको नेतृत्व गरेका अध्यक्षका

प्रत्यासी दामु अधिकारीसहित सातै जना पदाधिकारी र सदस्यका उम्मेद्वारहरुले सोमबार उम्मेद्वारी दर्ता

गरेका हुन् ।

अधिकारीले अध्यक्षमा उम्मेद्वारी दर्ता गरे । उनले सबैभन्दा पहिले उम्मेद्वारी दर्ता गरेका हुन् । अधिकारीको

प्रस्तावकमा ५ जना र समर्थकमा १० जना रहेका छन् । अधिकारीको प्रस्तावकमा साइराम अटोपार्टसका

कालिदास पौडेल, ब्लु स्काई ट्राभल्स एण्ड टुर्स प्रालिका केदारनाथ शर्मा, सञ्चो मेडिकल फर्माका कृष्णप्रसाद

पाण्डे, पुकार मेडिसेल्सका श्रीराम पराजुली र पराजुली आयल स्टोर्सका सुरेन्द्रमणी पराजुली रहेका छन् । सो

समूहबाट वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणी बास्तोला र तारानाथ ढुंगानाले उम्मेद्वारी

दर्ता गरे । कर्पोरेट २ र उद्योगतर्फको १ सदस्य भने आफ्नै तरिकाले चुनाव लड्न दिनका लागि समूहमा

नराखिएको सो समूहले जनाएको छ ।

त्यस्तै समर्थकहरुमा भद्रकाली टायर सप्लार्यका मोहनबाबु खड्का, प्रतिक्षा किचन सप्लायर्स सेन्टरका राजु

श्रेष्ठ, प्रविण थ्रेड स्टोर्सका जगदिशप्रसाद अधिकारी, प्राप्ती किराना स्टोर्सका मिलन शम्शेर राणा, फुजियामा

ट्रेक्स एण्ड एक्सिपिडिसन प्रालिका टीकाराम सापकोटा, रामकृष्ण एण्ड बालकृष्ण स्टोर्सका बालकृष्ण कोइराला,

दवाडी हार्डवेयरका महेश्वर दवाडी, पोखरा ईम्ब्रोइडरी गार्मेन्ट सपका चिरञ्जिवी पोखरेल, ग्लोवल केवल

ईण्डष्ट्रिज प्रालिका सुरेन्द्रबहादुर गोदार र गण्डकी टायल ईण्डष्ट्रिजका फणिन्द्रराज शर्मा छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको

उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता

बरालले उम्मेद्वारी दर्ता गरेका छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र

पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले उम्मेद्वारी

दर्ता गरे ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...