पोखराको न्युरोडमा कफि बिया रेष्टुरेण्ट एण्ड बार, फरक स्वाद र स्वच्छ

पोखरा, २८ जेठ/पोखराको न्युरोडमा ५ जना युवा व्यवसायीहरुको लगानीमा कफि बिया रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको छ । २०७५ कात्तिकबाट अनौपचारिक रुपमा सञ्चालन भएको रेष्टुरेण्टको ग्राण्ड ओपनिङ कार्यक्रम जेठ २९ देखि असार ३ गतेसम्म हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालकले जानकारी दिएका छन् ।

रेष्टुरेण्ट ३ तला भवनमा सञ्चालनमा आएको हो । युवाहरु प्रविण गुरुङ, अनन्त पराजुली, उत्तम लामिछाने, राम बास्तोला र राजकुमार कार्कीले लगानी गरेका हुन् । रेष्टुरेण्ट अत्याधुनिक सुविधा सम्पन्न र कुदेका ढुङगाका आधुनिक शैलीमा छ । ‘कफि बिया पोखराकै एउटा उपयुक्त गन्तव्य बन्न सक्छ,’ सञ्चालक राजकुमार कार्कीले भने, ‘खाना, पेय पदार्थ, बारिस्ता स्कुल, बेकरी, स्कुल र मनोरञ्जनका लागि पोखराका मुख्य बजारमा छ ।’

करिब ६ करोड ६५ लाख रुपैयाँको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा कार्कीले जानकार िदिए । हरेक प्रकारका ग्राहकलाई लक्षित गरी ‘फुड बेभरेज’ प्रदान गर्नु रेष्टुरेन्टको मुख्य उद्देश्य रहेको कार्कीले बताए । ‘कफि बियाले लोकल कफिलाई फस्टाउन र नयाँ पिढीका लागि यो साँस्कृतिक लोकप्रिय हुँदै गएकाले उनीहरुका लागि पनि यो रेष्टुरेण्ट लक्षित छ,’ उनले भने ।

कफि बिया रेष्टुरेण्ट एण्ड बारका सञ्चालकहरु
कफि बिया रेष्टुरेण्ट एण्ड बारका सञ्चालकहरु

तीन तला मध्ये भुइ तलामा खानाहरुको साथमा बारिस्ता स्टेशन, आइसक्रिम पार्लर र पेष्ट्री (केक) को सुविधा रहनेछ । पहिलो तलामा ‘मल्टी कुइजिन’ खानका साथमा आकर्षक बार र लाइभ म्युजिककोे मज्जा लिन सकिने कार्कीले जानकारी दिए । ‘माथिल्लो तलामा व्याङक्युटको लागि स्थान छुट्याइएको छ,’ उनले भने । हप्तामा दुई दिन लाइभ म्युजिक गर्ने उनले बताए ।

रेष्टुरेन्टमा बारिस्ता स्कुल सञ्चालनमा आएको २ महिना पुगिसकेको सञ्चालक प्रविण गुरुङले जानकारी दिए । ६ गु्रप परीक्षार्थीहरु सफल भइसकेको उनले बताए । ‘बारिस्ता कक्षाका लागि छुट्टै उपयुक्त ल्याबसँगै आधुनिक उपकरणहरु उपलब्ध हुनुको साथै अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइन्छ,’ उनले भने ।

कफि बिया बिहान ६ः३० देखि बेलुका ९ः३० बजेसम्म सञ्चालन हुँदै आइरहेको सञ्चालक अनन्त पराजुलीले जानकारी दिए । सातामा दुई दिन लाइभ म्युजिकको मज्जा लिन सकिने उनले बताए । कफि बियामा अहिल ३५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । कफि बियाको महानायक राजेश हमाल र नायिका करिस्मा मानन्धरले गर्ने छन् ।

कमेन्टहरु
Loading...