Ganthan News Pokhara
All news from Pokhara & around

चेम्बर र चिनीया व्यावसायी बीच भेटवार्ता

0

पोखरा, २४ असार /पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधी मण्डलबीच भेटवार्ता भएको छ ।

चीनको नानजिङका व्यवसायी समुहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसंग दुई देशबीच व्यवसायिक आदान प्रदान र नागरिक स्तरबाट भाषा सस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष सुनारले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न सो प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए । सो व्यवसायिक प्रतिनिधि मण्डलले आफुहरुको नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यवसायिक सुरक्षा,नितिगत,स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको थियो ।

व्यवसायीक प्रतिनिधी मण्डलबीच भेटवार्ता बैठकमा नेपाल चाइनाका संघ महासचिव विवेक पौडेल,पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला लगायत कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।