पोखरा, ७ कात्तिक / अत्याधुनिक सामाग्रीहरु सहितको नयाँ जिमहल पोखरामा संचालनमा आएको छ । ‘बब्स्जिम लेकसिटी’ नामदिएर संचालनमा ल्याईएको जिमहल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको भएको यसका संचालकहरुले बताएका छन् ।
युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिमहल संचालनमा आएको हो । ‘लेकसाइड विशेषगरि विश्वभरका मानिसहरु आउने स्थानपनिहो । र, यहाँ एउटा अन्तराष्ट्रियस्तरको व्यायामशाला आवश्यक थियो । त्यही आवश्यकतालाई हामीले परिपुर्ती गर्ने प्रयत्न गरेका हौँ ।’ संचालकमध्येका एक वैभव पौडेलले भने–‘सेवा सुविधाको हिसाबले हामीले कुनै कम्प्रोमाइज गरेका छैनौँ ।’
साउनाबाथ, स्टिम बाथ, हट वाटर शावरसँगै कफिशप र खुलापार्किङ यो जिमहलको विशेषताहुन् । त्यो सँगै सार्वजनिकबिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिमसंचालनमाल्याउने संचालकहरुले बताएका छन् ।
लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीएप्लाजा परिसरभित्र यो जिमहल संचालनमाआएको छ । जिममाअत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाममेशिनहरु पनि रहेका छन् । ‘तौल घटाउने, आवश्यकताअनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्यथुप्रै फिटनेश प्रशिक्षण पनिदिने व्यवस्था गरेका छौँ ।’ जिममामूख्यप्रशिक्षक समेत रहेका संचालक केशवउदासले भने–‘र, यो लेभलमा सेवादिन सक्ने गरि खुलेको जिमबब्स् जिम नै हो ।’

करिब ३ करोड रुपैयाँलगानीमा संचालनमाआएको जिमहलमासिक्नआउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागिव्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनलच्याम्पियन ज्योतीथापालाई ‘गेस्ट ट्रेनर’को रुपमानियुक्त गरेको छ । विहिबार आयोजितपत्रकार सम्मेलनमा मिस्टर वल्र्ड महर्जनले पोखरामा यसरी ट्रेनरको रुपमा एउटा गज्जबको जिमहलसँगएशोसियट हुनपाउँदाआफूलाई निकै खुशीलागेको प्रतिक्रियादिए ।
बब्स्जिमको आधिकारिक उद्घाटन भने कात्तिक ९ गते शनिबार हुने संचालकहरुले बताएका छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङले जिमहलको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमाजानकारी दिईयो ।
यसैबीचजिमको संचालकहरुले उद्घाटन विशेष छुट प्याकेज पनि सार्वजनिक गरेका छन् । यो प्याकेज अन्तरगतजिममाआउने नियमित खेलाडी तथाजिमरहरुले एकमुस्ट त्रैमासिक, अर्धबार्षिक वाबार्षिक रकमबुझाएको खण्डमा सोहीअनुसारको रकम छुट पाउनेछन् । त्यो बाहेकव्यायामगर्दा आवश्यक सामाग्री र प्रोटिनको खरिदमा १० प्रतिशत छुट पाउने संचालकहरुले बताएका छन् ।