व्यवासायीको विश्वास टुट्न दिन्न ः पालिखे

पोखरा, भाद्र ३०/पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका प्र्रत्यासी विश्वशंकर पालिखेका समर्थक व्यवसायीहरुले पोखरामा वृहत पदयात्रा गरेका छन् । दिउँसो ४ वजे पालिखेचोकवाट सुरु भएको पदयात्रा पोखराका मुख्य व्यापारिक स्थलहरु महेन्द्रपुल, वीपीचोक, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेर वृहत सभा भएको थियो ।
पदयात्रामा पोखराका विभिन्न व्यवसायीक प्रतिष्ठानका व्यक्तिहरु सहित ५ सय भन्दा वढी उद्योगी व्यवसायी, समाजसेवी, पेशाकर्मीहरुको सहभागिता थियो । व्यवसायीहरुको सभालाई सम्वोधन गर्दै, अध्यक्षका उम्मेदवार विश्वशंकर पालिखेले आफुले नेृतत्व गरेको समूहलाई व्यवसायीले गरेको विश्वास टुट्ने नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुको हक, हित र अधिकारलाई स्थापित गराउन आफुले कुनै कसर वाँकी नराख्ने वाचा समेत गर्नुभयो ।
पालिखेले पोखराको आर्थिक समृद्धि र यहाँको समग्र विकासका लागि आफ्नो समूहको जीत आवश्यक रहेको दावी समेत गर्नुभयो । उहाँले उद्योग वाणिज्य संघलाई शुद्ध व्यवसायीक साझा थलोको रुपमा विकास गर्ने प्रतिवद्धता पनि राख्नुभयो । पालिखेले थप्नुभयो,–आफु संधै व्यवसायीहरुको हक, हितको पक्षमा उभिएको र व्यवसायीकताका लागि मात्रै लडेको कारण आफुलाई व्यवसायीले विश्वास गरेको वताउनुभयो ।
व्यवसायमा राजनीतिलाई जर्वजस्ती प्रवेश गराउन खोजिएको भन्दै, उहाँले व्यवसायीक सम्मान र मर्यादाका लागि पनि आफ्नो उम्मेदवार प्रभावकारी रहेको दावी प्रस्तुत गर्नुभयो । पालिखेले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको सुनिश्चिता, व्यवसायीहरुको सामूहिक विमाको व्यवस्था गर्ने, व्यवसायी र मजदुरवीचको सम्वन्ध सुधार गर्ने, पोखराको खानेपानी सुदृढिकरणका लागि पहल गर्ने लगायतका कार्य आफ्नो समूहको प्राथमिक काम भएको पनि पालिखेले वताउनुभयो । उहाँले व्यवसायीको लगानीको सुरक्षा र समृद्ध पोखरा निर्माण आफ्नो मुख्य एजेण्डा भएको समेत वताउनुभयो ।
अध्यक्ष पदका उम्मेदवार पालिखेले विहीवार पोखराको मुख्य व्यापारिक स्थलहरु लेकसाईड, न्यूरोड, चिप्लेढुङगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनचोक, विरौटा लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायी भेटघाट कार्यक्रम गरिएको प्रचारप्रसार समितिले जानकारी दिएको छ । भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि समावेशी व्यवसायी समूहको तर्फवाट अध्यक्ष पदको उम्मेदवार वन्नुभएका पालिखेले समृद्ध पोखरा निर्माणका लागि आफुले विगतदेखि थालेको अभियानप्रति सवै व्यवसायीहरु सकरात्मक रहेको पाएको समेत वताउनुभयो । यसैगरी समावेशी व्यवसायी समूहको तर्फवाट महासचिवका उम्मेदवार दामु अधिकारीले पोखराका सवै खाले उद्योगी व्यवसायीको साझा व्यवसायीक समूह आफुहरुले निर्माण गरेको कारण जीतका लागि पर्याप्त आधार भएको दावी प्रस्तुत गर्नुभयो ।
कमेन्टहरु
Loading...